मनाङ-मर्स्याङ्दीको पीपीए गर्न बालुवाटार र ऊर्जामन्त्रीको सक्रियता
आज साँझ विद्युत् प्राधिकरण बोर्डले सदर गर्दै

काठमाडौं : विघटनको संघारमा पुगेको सरकारका ऊर्जामन्त्री र बालुवाटरले १३५ मेगावाटको जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गर्न गराउन सक्रियता बढाएका छन् । बालुवाटारको निर्देशनमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले मनाङ-मर्स्याङ्दीको पीपीए गराउन दबाब दिएपछि प्राधिकरणले आज मंगलबार साँझ पाँच बजे प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक राखेको छ । यही बैठकले चिनियाँले लगानी गर्ने मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजना (१३५ मेगावाट) को पीपीए सदर गर्दैछ । ‘आजको बैठकले जसरी पनि यसलाई टुंग्याउने भएको छ,’ स्रोतले भन्यो ।
रायमाझी ऊर्जा मन्त्रीमा नियुक्ति भएदेखि नै आयोजनामा आँखा लगाउँदै आएका थिए । यही आयोजनामा बालुवाटारको पनि चासो बढेपछि छिटो गर्न प्राधिकरणमाथि तीव्र दबाब परेको हो ।यसअघि गत बिहीबारको बैठकमा पनि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बोर्ड एजेन्डामा राखेका थिए । तर सरकारका एकजना सचिवले विविध शीर्षकअन्तर्गत यति ठूलो विषयलाई राखेर ल्याउनु गलत भएको बताएपछि त्यस दिनको बैठकमा छलफल नै भएन ।
सरकार विघटनको संघारमा पुगेपछि यो आयोजनाको पीपीए गराउन बालुवाटार र रायमाझीको सक्रियता बढेको हो । यसको पीपीएका लागि नेपाली एजेन्ट रहेको बुटबल पावर कम्पनी (बीपीसी) ले ‘ठूलो धनराशि’ खर्च गरिसकेको छ । यो आयोजनाको पीपीए यस्तो बेला हुन लागेको छ, छिमेकी भारतले चिनियाँ लगानीको जलविद्युत्लाई निषेध गरिसकेको छ, उसको सीमापार विद्युत् व्यापार निर्देशिकाअन्तर्गतको कार्यविधि (सीबीआर) जारी गरेर ।
यो आयोजना वर्षमान पुन ऊर्जा मन्त्री हुँदा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण एक दिनअघि ‘इमर्जेन्सी पीपीए’ भएको थियो । चिनियाँहरुले आफ्नो राष्ट्रपति आउँदा (२०७६ असोज २५) नेपालमा चिनियाँ लगानी भित्रन लागेको सन्देश दिने बहाना बनाउने मौका पनि पाएका थिए । प्राधिकरणको उक्त आकस्मिक पीपीएलाई विद्युत् नियमन आयोगले १७ महिनापछि परिमार्जन गरेर अनुमोदन गरेको हो ।
भारतले ऊसँग विद्युत् सहयोगसम्बन्धी सम्झौता गरेको देशको लगानीबाट उत्पादन हुने बिजुली मात्र खरिद गर्ने नीति लिएको छ । यता प्राधिकरणले यो आर्थिक वर्षको अन्तसम्ममा ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रका करिब ८ सय मेगावाट बिजुली प्रणालीमा जोडिने प्रक्षेपण गरेकोमा करिब पाँच सय मेगावाट बर्खायाममै खेर जाने आँकलन गरेको तथ्यांक सार्वजनिक भइसकेको छ ।
आफ्नै बिजुली वर्षायाममा जगेडा हुने र हिउँदमा पुनः भारतबाटै आयात (हाल कूल खपत ऊर्जाको ५७ प्रतिशत) गर्नुपर्ने अवस्थामा मनाङ-मर्स्याङ्दी र त्यसअन्तर्गतका अरु क्यासकेड पनि बनाउन लागेको छ । यसैगरी आजको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशकले भारतसित बिजुली खरिद बिक्री गर्न अख्तियारी दिने अर्काे प्रमुख एजेन्डा छ । हरेकपटकको विद्युत् कारोबारमा ऊर्जा मन्त्रालय हुँदै मन्त्रिपरिषदमार्फत निर्णय गरी अख्तियारी दिनुपर्दा झन्झटिलो भएपछि कार्यकारी निर्देशकलाई नै अख्तियारी दिने तयारी गरिएको स्रोतले बतायो ।
अघिल्लो बैठकमा पारित हुन नसकेको माथिल्लो त्रिशुली थ्री ए (६० मेगावाट) को चिनियाँ परामर्शदाता एनडब्लूएचको कार्यावधि एक वर्ष थप गर्न पनि आजको बैठकमा एजेन्डा छ । ठेकेदार सीजीजीसीको दोष दायित्व अवधि (डिफेट लाइबिलीटी पिरियड) सम्मका लागि उक्त परामर्शदाताको पनि म्याद थप गर्न लागिएको हो ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया