अध्यक्षलाई कारबाहीको माग गर्दै स्थानीयद्वारा बटेश्वर गाउँपालिका कार्यालयमा तालाबन्दी

जनकपुरधाम : स्थानीयले बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई कारबाही गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । अध्यक्ष राउतको गाडीबाट अवैध रकम फेला परेपछि स्थानीयले कारबाहीको माग गरेर तालाबन्दी गरेका हुन् ।
सोमबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्दा गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद गरेको थियो । टोलीले छापा मार्नेक्रममै भागेका अध्यक्ष राउतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
स्थानीयको तालाबन्दीका कारण मंगलवार बिहानैदेखि गाउँपालिकाको कार्यालयमा हुने कामकाज ठप्प छ ।
अध्यक्ष राउतले भवन निर्माण सम्पन्न भएपश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले छापा मार्दा उनी चढेको गाडीबाट ८ लाख रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ ।
गाउँपालिकाका सवारी चालक विरबहादुर मगरले चलाएको प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडी क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित बाटोमा जाँच गर्दा ८ लाख रुपैयाँ फेला परेको थियो । गाडीमा जाँच गर्न लागेपछि अध्यक्ष राउत भने फरार भएका थिए ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया