रेडपाण्डाको छालासहित चार जना पक्राउ

बाँके : कोहलपुरको बसपार्कस्थिल एक होटलबाट रेडपाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीलले मंगलवार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुर्खेत बराहताल गाउँपालिका वडानम्वर ५ निवासी गणेश नेपाली, लाल बहादुर नेपाली, जिल्ला दैलेख चामुण्डा बिन्न्द्रासैनी नगरपालिका वडा नम्वर ५ निवासी दिनेश कार्की र उमेश बहादुर थापा रहेका छन् ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था बमोजिम उनीहरुलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

प्रतिक्रिया