विप्लवले पनि आजै वार्ता टोली सार्वजनिक गर्ने

काठमाडौँ : सरकारसँग वार्ता गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले पनि आजै वार्ता टोली सार्वजनिक गर्ने भएको छ । विप्लव निकट स्रोतकाअनुसार पार्टीले दुई सदस्यीय वार्ता टोली बनाएको बनाएको छ । ‘पार्टीले वार्ता टोली आजै सार्वजनिक गर्छ,’ विप्लव निकट स्रोतले इकागजलाई भन्यो, 'सरकारले वार्ता टोली बनाएको प्रति हामी सकारात्मक छौं ।'
सरकारले विप्लवसँग वार्ता गर्न आजै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई छन् । केही दिनअघि विप्लवले एक विज्ञप्ति जारी गर्दै आफूहरू वार्ताका लागि तयार रहेको जनाएका थिए ।
प्रधानमन्त्री ओलीले समेत पछिल्लो समय विप्लव मुलधारको राजनीतिमा आउने विश्वास सार्वजनिक रूपमा गर्दै आएका छन् ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया