रेशमलाई जेलमा राखिरहने तागत कसैसँग छैन्, रिहाई नभए जेल भराउ आन्दोलन हुन्छ : राजेन्द्र महतो

धनगढी : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुने बताएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘रेशमलाई जेलमा राखिरहने तागत अब कसैसँग छैन्,’ महतोले भने, ‘रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ । हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन ।’
कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशमलाई जन्मकैदको फैसला भएको थियो । घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए । अहिले उनी जेलमा छन् ।
पत्रकार सम्मेलनमा नेता महतोले जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने पनि बताए । ‘जसपा तत्काल सरकारमा जादैन,’ महतोले भने, ‘अहिलेसम्म कम्युनिष्ट पार्टीको करिब दुईतिहाइको सरकार छ । यस्तोबेला हामी सकारमा गएर कुनै अर्थ हुँदैन । अहिले कांग्रेस पनि सरकारमा सहभागी जाँदैन् होला ।’ उनले तत्काल नेकपाको दुवै पक्षसँग सहकार्य नहुने दावी गर्दै प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल नभएको बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया