‘विप्लव’सँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौँ : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । दुई सदस्यीय समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वक्तव्य निकालेर ‘विप्लव’समूहसँग वार्ता गर्न समिति गठन भएको जानकारी दिएका हुन् । समितिका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले समिति गठन भएको र चाँडै वार्ता थालिने बताए ।
‘वार्ता समिति गठन भएको छ’ उनले इकागजसँग भने, ‘मलाई पनि सदस्य राखिएको छ । अब छिट्टै वार्ता सुरु हुन्छ । त्यसपछि थप कुरा गरौँला ।’
सत्तारुढ नेकपाबाट दाहाल-नेपाल समूह अलग्गिएपछि प्रधानमन्त्री ओली चन्द समूहलाई मूल धारको राजनीतिमा ल्याउन लागि परेका छन् । दाहाल गुटमा रहेका मणि थापालाई खानेपानी तथा सरसफाईमन्त्री बनाएर ओलीले विप्लव समूहसँग वार्ता अगाडि बढाएका थिए ।
अनौपचारिक रुपमा थुप्रैपटक वार्ता भएपछि त्यसलाई पूर्णता दिन सरकारी वार्ता टोली गठन गरिएको हो । केही समयअघि विराटनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले विप्लवसँग वार्ता अघि बढाउने बताएका थिए ।
सोही दिन विप्लव समूहले वक्तव्य निकालेर सरकारले वार्ताको वातावरण बनाए वार्तामा बस्न तयार रहेको जनाएको थियो । चन्दा आतंक मच्चाउने, एनसेल टावरमा आगजनी गर्ने, चन्दा नदिए वा आफ्ना बारेमा अरुलाई सुराकी दिने भेट्टाएमा हत्या समेत गर्ने कार्यमा विप्लव समूह अगाडि बढेको थियो ।
तर पछिल्लो समय मुख्य नेताहरु धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली लगायतका नेताहरु पक्राउ परेपछि विप्लव समूहले सरकारसँग वार्ता गरेर मूलधारको राजनीतिमा आउन चाहेको बताएको छ ।

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

प्रतिक्रिया