‘विप्लव’सँग वार्ता थाल्दै सरकार

काठमाडौँ : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग सरकारले वार्ता थाल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै चन्द समूहसँग वार्ता थाल्ने घोषणा गरेका थिए । मोरङको विराटनगरमा आयोजित सभामा ओलीले वार्ता गर्ने बताएकै दिन विप्लव समूहले वक्तव्य निकालेर वार्तामा बस्न तयार रहेको जनाएको थियो ।
सरकारले वार्ता टोली गठन गरेर नाम सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो समय पुष्पकमल दाहाल समूह छाडेर ओली समूहबाट खानेपानी तथा सरसफाईमन्त्री बनेका मणि थापा विप्लव समूहका नेताहरुसँग निरन्तर अनौपचारिक कुरा गरिरहेका छन् ।
त्यसलाई औपचारिकता दिन वार्ता समिति गठन हुन लागेको बताइएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले केहीबेरमा वार्ता टोलीको सदस्यहरुको नाम सार्वजनिक गर्दैछन् ।

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

प्रतिक्रिया