‘बीमा दाबी परेको एक साताभित्रै भुक्तानी गर्नू’

काठमाडौं : बीमा समितिले कोरोना भाइरस संक्रमण विरुध्दको बीमा दाबी परेको एक साताभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमा दाबी गरेको लामो समयसम्म कम्पनीहरुले दाबी भुक्तानी नगरेको बिमीतहरुको बाक्लै गुनासो आएपछि समितिले कम्पनीहरूलाई निर्देशन दिएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।
‘बिमीतहरुबाट परेका दाबीलाई महामारी तथा रोग नियन्त्रण महाशाखाको अभिलेखसँग प्रमाणीकरण गरेर मात्र बिमा दाबी दिने भनिएको हुँदा केही ढिलाइ भएको थियो,’ अध्यक्ष चापागाईंले भने, ‘बिमा दाबी दिन ढिलाइ भएको गुनासो आएपछि दाबी परेको एकसातामा संक्रमितहरूको सरकारी अभिलेखसँग प्रमाणीकरण गरेर दाबी भुक्तानी गर्नु भनेका छौं ।’
आज अर्थमन्त्री विष्णु पौडेलले विमा समितिका अध्यक्ष तथा प्रतिनिधिहरूलाई बोलाएर कोभिड विमाको एक साता भित्रै भुक्तानी दिने व्यवस्था गर्न र दैनिक प्रगति अर्थ मन्त्रालयमा पठाउन निर्देशन दिएका थिए ।
वैशाख ४ मा बीमा क्षेत्रको नियामक विमा समितिले कोभिड-१९ को घातक रोग सरहको बीमा गर्नुपर्ने व्यवस्था भएको थियो । एक लाख बीमांकको बीमा गर्दा प्रिमियम (बीमा शुल्क) व्यक्तिको हकमा १ हजार र परिवारको सम्पूर्णको बीमा गर्दा प्रत्येक सदस्यको ६०० रुपैयाँ प्रिमियम कायम गरिएको थियो भने ५० हजार रुपैयाँ बीमांकको बीमा गर्दा भने प्रति व्यक्ति ५०० र सम्पूर्ण परिवारको भए प्रति सदस्य ३०० रुपैयाँ बीमाशुल्क लिने व्यवस्था समितिले गरेको थियो ।
बिमा क्षेत्रको नियामक बीमा समितिले भदौ २८ मा गरेको नयाँ व्यवस्था अनुसार, बिमितले घरमै आइसोलेसनमा रहे बिमा रकमको एक चौथाइ ‘रिलिफ बेनिफिट’ बापत् पाउँछन् । पीसीआर पोजेटीभ आएसँगै अस्पताल जानुपर्यो र त्यहाँ खर्च भयो भने चिकित्सकको सिफारिश र वडाको सिफारिशका आधारमा मात्र बिमा दाबी बिमांक बराबरको दाबी पाइन्छ । अन्यथा घरमै रहेर कोरोना संक्रमण निको पार्ने व्यक्तिले एक लाख बिमांकको बिमा गर्दा २५ हजार रुपैँया मात्र दाबी पाउँछ ।
नयाँ व्यवस्था गर्नुअघि भदौ २८ सम्म १,९३५ बिमितले १८ करोड २९ लाख रुपैँया बीमा दाबी गरेका थिए । बीमा दाबी भुक्तानी भने अत्यन्त न्यून रहेको थियो । जबकी उक्त अवधिमा बिमा कम्पनीहरुले उक्त अवधिसम्म ७४ करोड रुपैँया प्रिमियम संकलन गरिसकेका थिए ।

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व संकलन

प्रतिक्रिया