यी हुन् प्याज खानुका मुख्य फाइदाहरु
काठमाडौँ : हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ । रक्तअल्पता, मधुमेह, पत्थरी, कब्जियत जस्ता स्वास्थ्य समस्या भएकालाई प्याजले फाइदा गर्छ ।
दिनहुँ काँचो प्याज खाँदा त्यसले शरीरमा रगतको कमी हुन दिँदैन । जसले रक्तअल्पताको जोखिम कम गराउँछ । मधुमेहका बिरामीले पनि प्याज खानु लाभदायक हुन्छ । किनभने, प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, पत्थरीको लागि पनि प्याज फाइदाजनक छ । बिहान खाली पेटमा प्याजको रस पिउनाले पत्थरीको समस्या समाधान हुन्छ ।
काँचो प्याजले कब्जियतको समस्यामा पनि काम गर्छ । पाचन प्रणालीको लागि प्याज उपयुक्त मानिन्छ । प्याज खानाले पेटमा पाचन रसको उत्पादन बढ्दछ । यसले पाचनसम्बन्धी समस्याको समाधान गराउँछ ।
त्यस्तै, घाँटी खसखसाउने समस्याको लागि पनि प्याज राम्रो मानिन्छ । प्याजमा एन्टी–अक्सिडेन्ट हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । साथै मुटुलाई स्वस्थ राख्नको लागि पनि प्याज निकै उपयोगी मानिन्छ ।
प्याजले समाधान गर्ने अन्य स्वास्थ्य समस्या
– महिनावारीमा पेट दुख्ने समस्या
– आँखाका समस्या
– युरिन इन्फेक्सन
– अनिद्रा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया