‘रियल म्याड्रिडसँग सलाह किन्ने पैसा छैन्’

काठमाडौँ : लिभरपुलका मोहम्मद सलाह स्थान्तरणका लागि युरोपका विभिन्न ठूला क्लबसँग जोडिदै आएका छन् । स्पेनको रियल म्याड्रिड इजिप्टका स्टार फरवार्डलाई अनुबन्ध गर्न तयार रहेको त्यहाँका सञ्चार माध्यमले दाबी गरिरहेका छन् । आगामी ‘समर विन्डो’ सलाहका लागि रियल जाने मौका बन्न सक्ने उनीहरूको दाबी छ ।
रियलको नजर सलाहमाथि रहेको भनेर स्पेनी सञ्चार माध्यमले दाबी गरिरहँदा त्यसै क्लबका पूर्व अध्यक्ष रामोन कालडेरोनले त्यस्तो दाबीमा सत्यता रहेको बताउँछन् । तर रियलका लागि सलाह खरिद सजिलो नभएको उनको भनाई छ । सलाहको लिभरपुलसँगको सम्झौता सन् २०२३ को जुन ३० मा सकिँदैछ । त्यसअघि नै रियलले सलाहलाई स्पेन लग्न प्रयास गर्ने कालडेरोनको दाबी थियो ।
‘सलाह विश्वस्तरिय खेलाडी हुन् । उनको परिचय गोलकर्तामा मात्रै सिमित छैन । उनले लिभरपुललाई उपाधि जित्न सहयोग गरेका छन् । उनको महत्व लिभरपुललाई थाहा छ । त्यसकारण लिभरपुलले उनलाई बेच्छ जस्तो लाग्दैन,’ कालडेरोनले इजिप्टको टेलिभिजन च्यानल अन टाइम स्पोर्टससँग कुरा गर्दै भने, ‘रियल सलाहलाई अनुबन्ध गर्न चाहान्छ । यदि लिभरपुल सलाहलाई बेच्न तयार भइहाल्यो भने पनि ठूलो सरुवा रकमको आवश्यकता पर्छ । तर रियलसँग त्यसका लागि आर्थिक स्रोत छ जस्तो लाग्दैन ।’
क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि जिनेदिन जिदानलाई पोर्चुगिज स्टारलाई प्रतिस्थापन गर्नसक्ने खेलाडीको आवश्यकता छ । रोनाल्डोको अनुपस्थितीमा जिदानले रियललाई विगतका सिजनमा जस्तो सफलता दिलाउन नसकिरहेका बेला सलाह खरिदका विषयमा चर्चा चलिरहेको छ ।
रियलका मुख्य स्ट्राइकर करिम बेन्जेमा करियरको उत्तरार्द्धमा रहेका एडेन हाजार्डले पनि स्वभाविक लय देखाउन नसकिरहँदा रियलमा अर्को विश्व स्तरिय खेलाडीको अभाव महसुस गरिएको छ । त्यसो त सलाह र हाजार्डले चेल्सीमा सँगै खेलेका थिए । रियलले यदि सलाहलाई भित्र्याउन सफल हुने हो भने यी दुई खेलाडीले जिदानको टिममा महत्वपूर्ण साझेदारी गर्न सक्नेछन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया