ओलीको ‘झापा मोह’ : ३ दिन, २ दौडाहा
दिन बिराएर किन झापा पुग्दैछन् प्रधानमन्त्री ?

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि झापा पुग्न लागेका छन् । ओली मंगलबार बिहान ११ बजे झापाको भद्रपुर विमान स्थलमा अवतरण गर्ने गर्दैछन् ।
विर्तामोडमा रहेको पूर्वाञचल क्यान्सर अस्पतालको उद्घाटन गर्न उनी एक दिनको अन्तरमा फेरि झापा नै आउन लागेका हुन् ।
३ सय शैयाको उक्त अस्पतालका सञ्चालक दुर्गा प्रसाई हुन् । ओली र पुष्पकमल दाहाललाई घरमा वोलाएर मार्सी चामको भात खुवाएका प्रसाईं त्यसपछि चर्चामा आएका हुन् । यसअघि उनको १ सय शैयाको क्यान्सर अस्पताल सञ्चालनमा आइसकेको छ ।
प्रधामन्त्री ओलीले आजै विर्तामोड नगरपालिका ७ मा निर्माण भएको सुकुम्बासी बस्तीको हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । एकृकित वस्तीमा ३७ घर निर्माण भएका छन् । उक्त घर सुकुम्बासीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
त्यस्तै मंगलबार नै प्रधानमन्त्री ओली मोरङको उर्लावारी पुग्ने भएका छन् । यहाँ निर्माण हुन लागेको एकृकित सन्थाल बस्ती विकासको शिलान्यस गर्ने कार्यक्रम रहेको छ । त्यसपछि विराटनगर विमान स्थलबाट प्रधामन्त्री ओली आजै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ । आइतबार मात्रै ओली झापा जिल्लामा आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत विभिन्न विकासे योजनाको शिलान्यास र उद्घाटनका लागि आएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया