आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

माधवकुमार नेपाल पनि आज मोरङ जाँदै

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल पनि मोरङ जाने भएका छन् । उनी मंगलबार विहान ९ बजेको उडानबाट मोरङ जान लागेका हुन् । 

बुद्ध एयरको उडानबाट नेपाल मोरङ पुग्ने भएका छन् । भरतमोहन अधिकारीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन नेपाल मोरङ जान लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि आजै मोरङ जान लागेका छन् । ‌ओली र नेपाल दुबैको कार्यक्रम भने फरक-फरक छ ।