‘इपी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा, पर्यटनमन्त्री ढकालले गरे उद्घाटन

इटहरी : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकार निजी क्षेत्रसंग सहकार्यमा हातेमालो गर्न तयार रहेको बताएका छन् । सोमबार ‘इपी ल्यान्ड एन्ड वाटर पार्क’को उद्घाटनमा बोल्दै मन्त्री ढकालले पर्यटनको विकासका लागि सरकार हातेमालो गर्न आतुर रहेको बताए । उनले प्रदेश १ को पर्यटन विकासका लागि यस्ता पार्कहरू आवश्यक रहेको बताए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वरिकलाल चौधरीले पर्यटन विकासलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए । कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकालले सरकारले पर्यटन विकासका लागि पूर्वाधारको क्षेत्रमा लगानी गर्न नसकेको गुनासो गरे ।
कोरोना महामारीका कारण एक वर्षपछि पार्क सञ्चालनमा आएको हो । इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा पार्क ६ विघा क्षेत्रफलमा फैलिएको छ । पार्कमा पानीसँग खेल्ने आठ वटा अत्याधुनिक वाटर स्लाइड राखिएका छन् । एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन् । दिनभरिमा ५ हजारले यसको रमाइलो उठाउन सक्नेछन् । पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ ।
पार्कमा जिप लाइन टावर बनाइएको छ । पार्कभित्र ४ वटा छुट्टाछुट्टै रेस्टुरेन्ट पनि सञ्चालनमा आउने छन् । जसमध्ये एक बार्बे क्यु हुनेछ र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ । त्यस्तै फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ ।
तीस करोडको लागतमा बनेको पार्कमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेलसहित पूर्वएआइजी कृष्ण बस्नेत, पूर्वडिआइजी ज्ञानविक्रम शाह, र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी छ ।

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

प्रतिक्रिया