शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

विकासशील राष्ट्रमा स्तरोन्नति हुने नेपालको आफ्नै आकांक्षा हो

नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि हालै कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् समक्ष सिफारिश गरेको छ । संयुक्त राष्ट्रसंघीय कामकारबाहीमा सन् २०२६ देखि विकासशील राष्ट्रको व्यवहार गर्नेगरी नेपालले लक्ष्य गरे अनुसार नै सन् २०२२ देखि नेपाल विकासशील राष्ट्र बन्नेछ । नेपालले सन् २०१५ र सन् २०१८ मा कोभिड–१९ महामारीका कारण स्तरोन्नति गर्ने समय थप धकेलेको थियो । महामारीको प्रभावले सिर्जित जनस्वास्थ्य संकट, रोजगारी र आर्थिक संकट एकातर्फ छन्, अर्कोतर्फ ५ वर्षे संक्रमणकालीन अवधि दिएर नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश भएको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर इकागजका पुष्पराज आचार्यले यूएनडीपीकी आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा–लबेसँग गरेको भर्चुअल कुराकानीः 

कोभिड–१९ महामारीले जनस्वास्थ्य, रोजगारी र अर्थतन्त्रमा संकट परेको छ । नेपाल जस्ता राष्ट्रहरू यो संकटबाट कसरी बाहिर निस्कन सक्छन् ?

कोभिड–१९ महामारीले विश्वभर नै यसखालको संकट सिर्जना गरेको छ । आजसम्म ११ करोड ४४ लाखभन्दा धेरै मानिसहरू संक्रमित भैसकेका छन् भने २५ लाख भन्दा धेरै मानिसहरूको मृत्यु भैसकेको छ । नेपालमा २ लाख ७४ हजार मानिसहरू संक्रमित भएका छन् भने २,७७३ मानिसहरूको मृत्यु भएको छ । नेपालमा ९९ प्रतिशत मानिसहरूले कोभिड–१९ को संक्रमणलाई जितेका छन् । अवश्य पनि महामारीले ठूलो अनिश्चितता सिर्जना गरेको थियो । प्रतिव्यक्ति आयमा ठूलो क्षति भयो । लगानी तथा समष्टिगत आर्थिक स्थायित्वका सम्बन्धमा म विश्वस्त भएर व्याख्या गर्न सक्दिन । तर अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांक अनुसार कुल श्रम शक्तिमध्ये ९३ प्रतिशतले बन्दाबन्दीको सामना गर्नुपर्‍यो । थोरै अग्रपंक्तिमा काम गर्नेहरूमात्र निरन्तर काममा खटिएका थिए । विश्वभर कुल काम गर्ने अवधि ९ प्रतिशत जति घट्यो अर्थात् जति बन्दाबन्दी भयो त्यो काम गर्ने समय २५ करोड ५० लाख जति श्रमिकले उक्त अवधिमा पूर्णकालीन काम गर्दाको बराबर हो । विश्वका सबै देशहरू अहिले पनि स्वास्थ्य संकट समाधान, रोजगारी सिर्जना र आर्थिक पुनरुत्थानमा एकसाथ काम गरिरहेका छन् । यो संकटले विविध क्षेत्रले एकसाथ सहकार्य गरेर काम गर्ने अवसर पनि दिएको छ । पहिलो त सबै क्षेत्रबीच समन्वय गरेर काम गर्न हामी बाध्य भएका छौं । दोस्रो, हामीले क्षेत्रगत प्राथमिकताहरू निर्धारण गर्नुपर्छ । एकैपटक धेरै समस्या छन् भने कुन–कुनलाई प्राथमिकतामा राख्ने र सिलसिलेवार ढङ्गले समाधान गर्ने भन्ने व्यवस्थापकीय चुनौतीहरू हुन् किनकी हामीसँग यतिबेला सयौं समस्याहरू उत्तिकै महत्वपूर्ण र समाधान गर्नुपर्ने अवस्थामा छन् । तर नीति निर्माता र निर्णयकर्ताको परीक्षा नै यस्तैमा हुने हो । उदाहाणका लागि हाम्रै घर व्यवहारका समस्या हेरौं न स्कुलको बिल पहिला तिर्ने कि स्वास्थ्य उपचारमा खर्च गर्ने कि विद्युत्को महशुल तिर्नुपर्ने हो कि ! तर त्यसलाई हामी सिलसिलेवार ढङ्गले प्राथमिकताका आधारमा व्यवस्थापन गर्छौं । नेपाल अल्पविकसित देशका रूपमा यसका आफ्नै खालका चुनातीहरू भएकाले स्रोतको प्राथमिकता निर्धारण अहं सवाल हो । तेश्रो पक्ष भनेको कार्यान्वयनमा तीव्रता दिने हो । नेपालमा कोभिड–१९ महामारी नियन्त्रणका लागि लकडाउन शुरु गर्नु अघिसम्म (अप्रिल, २०२०) सम्म एउटामात्र कोभिड–१९ परिक्षण प्रयोगशाला थिए । त्यतिबेला परिक्षण सुविधा, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क मुख्य मुद्दाहरू थिए, त्यसलाई नेपालको दुर्गम कुनासम्म कसरी पुर्‍याउने भन्ने सवाल थियो । अहिले ६७ ठाउँमा परिक्षण सुविधा स्थापना भएको छ, हरेक जसो जिल्लामा यो सुविधा पुगेको छ । यो मैंले किन भनिरहेको छु भने यदि हामीसँग सोच, प्राथमिकता र कार्यान्वयन क्षमता तथा लगानी छ भने यस्ता समस्याहरू समाधान गर्न सम्भव छ । 

राहत, रोजगारी संरक्षण, उत्पादनमूलक उद्योगहरूको मूल्य श्रृंखलाको पुनर्स्थापनालाई पनि सोही अनुसार प्राथमिकीकरण गर्नुपर्छ ? 

सरकारले प्राथमिकता निर्धारण गरेर सरोकारवालाहरू सबैलाई त्यही क्षेत्रमा केन्द्रित गर्नुपर्छ । सरकारले एक वर्षअघि मुलुकका सबै ठाउँमा परिक्षण सुविधा पुर्‍याउने सोच र प्राथमिकता तय गर्‍यो । सरकारको त्यो आकांक्षामा सरकारी संस्थाहरू अन्तर्राष्ट्रिय विकास साझेदार, गैर सरकारी संस्थाहरू, नागरिक समाज सबैले काम गरे र यो सम्भव भयो । यसलाई हामीले प्रशंशा गर्नुपर्छ । सोच र प्राथमिकतासँगै सूचना र तथ्यांकको उपलब्धता पनि हुनुपर्छ, त्यतिमात्र होइन ‘सिस्टम थिंकिङ्ग’ हुनुपर्छ । आपूर्ति श्रृंखलाले काम गर्ने, रोजगारी पुनर्स्थापना हुने अवस्था बनाउन सबै सरोकारवालालाई एक ठाउँमा ल्याउनुपर्छ । 

हामीले ‘ग्रीन रिकभरी’ लाई नै अघि बढाउन खोजेका छौं । डिजिटल प्रविधिको लेभरेज गरेर आर्थिक गतिविधि विस्तार गर्ने क्रमलाई हामीले तीव्रता दिनसक्छौं । 

पक्कै पनि अहिले हाम्रा प्राथमिकता परिवर्तन भएका छन् । यतिबेला धेरै मुलुकको प्राथमिकता सहज ढङ्गले नागरिक समक्ष खोपको पहुँच पुर्‍याउनेतर्फ केन्द्रित भएको छ । यसका लागि ‘ग्लोबल कमन्स’ हरूले कसरी काम गर्नुपर्छ ? 

यहाँहरूलाई थाहै छ यसैका लागि ‘कोभ्याक्स फेसेलिटी’को प्रबन्ध भएको छ । यसमा आवद्ध १९० राष्ट्रहरूले २० प्रतिशत खोप प्राप्त गर्छन् र यसले सम्बन्धित देशका जोखिमयुक्त समुदायमा भ्याक्सिन पुर्‍याउन सकिन्छ । गाभी (ग्लोबल एलाएन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन), युनिसेफ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा विल एण्ड मेलिन्दा फाउण्डेसनमार्फत् खोपको सहज, सरल र गुणस्तरीय आपूर्तिका लागि पहल गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले मुख्यगरी यी सुविधाहरूमार्फत् आफ्नो पहल अघि बढाइरहेको छ । सरकारले  स्पष्ट रूपमा सबै विकल्पहरू खुला राखेको छ र द्विपक्षीय रूपमा अर्थात् सरकारी तहमा भारत, चीन, बेलायत लगायतले नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । द्विपक्षीय सरकारी तहमा बाहेक कुनै पनि संघसंस्था, परोपकार संस्थाले दिने खोपलाई नेपालले ग्रहण गरिरहेको छ । युनिसेफ र डब्लुएचओ खोप वितरणको केन्द्रमा रहेर काम गरिरहेका छन् । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग उनीहरूले काम गरिरहेका छन् ।

धेरैथरी खोपहरू भएकाले कुन खोप लगाउने, कहाँ लगाउने, लगाउने वा नलगाउने भन्ने द्वुविधा विश्वभर नै छ । यसमा आम मानिसहरूसँग अन्तक्र्रिया गर्ने सञ्चारमाध्यमले सही सूचना दिएर, सही धारणा निर्माण गर्न सघाउन सक्छन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)का तर्फबाट हाम्रो सहयोग संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य गरिरहेका छौं । प्रदेश र स्थानीय सरकारलाई खोप कार्यक्रमसँग जोड्ने, खोप कार्यक्रममा संलग्न स्वास्थ्यकर्मीहरूलाई तालिम तथा फोहोरको व्यवस्थापनमा काम गरिरहेका छौं । नेपालमा ३ करोड जनसंख्यालाई खोप लगाउँदा त्यो फोहोरको व्यवस्थापन पनि महत्वपूर्ण हुन्छ । अहिले सरकारले वृद्धवृद्धा र अग्रपंक्तिमा काम गर्नेहरूलाई खोप दिइरहेको छ । श्रीलंकाले सबैभन्दा पहिला सरकारी सेवामा काम गर्नेहरूलाई खोप दिने प्राथमिकतामा राखेको छ । फ्रान्समा खोप दिने प्राथमिकतामा सबैभन्दा पहिले वृद्धवृद्धा रहेका छन् । त्यसकारण सबै देशका प्राथमिकीकरणका आ–आफ्नै खालका छन् । खोपको उपलब्धतासँगै आम मानिसहरूलाई खोपका सम्बन्धमा सही जानकारी दिनु र उनीहरूलाई विश्वस्त बनाउन जरुरी छ । धेरैथरी खोपहरू भएकाले कुन खोप लगाउने, कहाँ लगाउने, लगाउने वा नलगाउने भन्ने द्वुविधा विश्वभर नै छ । यसमा आम मानिसहरूसँग अन्तक्र्रिया गर्ने सञ्चारमाध्यमले सही सूचना दिएर, सही धारणा निर्माण गर्न सघाउन सक्छन् । त्यस्तै, कतिपय अनुसन्धानबाट आएका जानकारीहरूलाई सरल भाषामा आम जनताले बुझ्ने गरी जानकारी दिन पनि जरुरी छ । यसले गर्दा आम मानिसहरूलाई खोपको प्राविधिक पाटोप्रति विश्वास बढ्दै जान्छ ।

गाभी (ग्लोबल एलाएन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन), युनिसेफ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा विल एण्ड मेलिन्दा फाउण्डेसनमार्फत् खोपको सहज, सरल र गुणस्तरीय आपूर्तिका लागि पहल गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले मुख्यगरी यी सुविधाहरूमार्फत् आफ्नो पहल अघि बढाइरहेको छ ।

यूएनडीपीले सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस)सँग मिलेर कोभिड–१९ को कारण सिर्जित रोजगारी कटौती, लघु, घरेलु र साना उद्योगमा परेको असरका सम्बन्धमा अध्ययन गरेको थियो । त्यसको निष्कर्ष के रह्यो ? 

हामीले आइआइडीएससँग मिलेर ‘र्‍यापिड इम्प्याक्ड एसेसमेन्ट’ गरेका थियौं । यसमा ७०० व्यवसाय र ४०० व्यक्तिहरूको सर्वेक्षण गरेका थियौं । व्यापार, रेमिट्यान्समा परेको प्रभाव तथा बन्दाबन्दी लगायतको समग्र प्रभावबारे अध्ययन गरेका थियौं । सबैभन्दा सुरुमा कोभिड–१९ महामारीको प्रभाव अध्ययन गरेका थियौं । भारतबाट स्थल नाकाबाट कति मानिसहरू फर्किए भनेर हामीले स्थलगत तथ्यांक संकलन गरेका थियौं । नेपामा माग पक्षको वृद्धिलाई बढावा दिने, विदेशी विनिमय सञ्चितिको प्रमुख स्रोत रेमिट्यान्स नै हो । ठूलो संख्यामा नेपालीहरू भारतमा र खाडी देशहरू तथा मलेसियामा काम गर्छन् । हाम्रो चिन्ता रेमिट्यान्स आप्रवाहमा असर पर्छ कि भन्ने थियो । तर त्यस्तो भएन । विदेशमा काम गर्ने नेपालीहरूले आफूसँग रहेको बचत पठाए, सापटी लिए वा कसरी पठाए भन्ने त प्रष्ट छैन । तर रेमिट्यान्समा ठूलो प्रभाव परेन । प्रवासी नेपाली कामदारका अतिरिक्त हामीले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूरहरूको समस्यामा परे । अनौपचारिक क्षेत्रमा र कृषि क्षेत्रमा काम गर्ने ४१ प्रतिशत तथा उत्पादन, कालिगढी र पर्यटन क्षेत्रमा काम गर्ने ६२ प्रतिशत श्रमशक्ति अत्याधिक प्रभावित भएका छन् । नेपालमा ५० प्रतिशत लघु र साना व्यवसायहरू दर्ता नभएकाले आधारभूत तथ्यांक पाउन नै अप्ठेरो छ । ठूलो संख्यामा श्रम शक्ति आंशिक वा पूर्ण रूपमा काम गर्न नपाउने अवस्था सिर्जना हुनुमा बन्दाबन्दीका कारण कच्चा वस्तुको आपूर्ति प्रभावित हुनु हो । सर्वेक्षणमा सहभागी भएका अनौपचारिक क्षेत्रका ९३ प्रतिशत श्रमशक्तिले कहींबाट कुनै सहयोग नपाएको गुनासो गरे भने बाँकीले दिनमा एकपटक खाना पाएको उल्लेख गरेका छन् । बन्दाबन्दीको समयमा धेरै औद्योगिक, व्यवसायिक प्रतिष्ठानहरू बन्द भए । यहाँ काम गर्ने श्रमिकहरूले पनि औसत महिनामा १० हजार रुपैयाँभन्दा कम आर्जन गरे । जुन उनीहरूको परिवारको आवश्यकता पूरा गर्न पर्याप्त थिएन । सन् २०२० मा ‘नेपाल पर्यटन वर्ष’ कार्यक्रम घोषणा भएकाले धेरै पर्यटन व्यवसायीले सन् २०२० मा सामान्य समयको अतिरिक्त थप दश लाख पर्यटक आउँछन् भनेर कर्जा लिएर व्यवसाय विस्तार गरेका थिए । तर पर्यटकको आगमन नगण्य भएकाले होटल, रेष्टुरेण्ट लगायतको क्षेत्रको ‘आउटपुट’ मा १६ प्रतिशतले क्षति भयो । यो सन्दर्भमा प्रतिवेदनले सरकारलाई रोजगारीको सुनिश्चितताको स्कीम ल्याउन आग्रह गरिएको थियो । यसका अतिरिक्त वैदेशिक रोजगारबाट फर्कनेका लागि उनीहरूको सीप अनुसारका रोजगारी सिर्जना, सामाजिक सुरक्षा कार्यक्रमको व्यापकताका लागि सुझाव दिइएको छ । श्रम–सघन र उत्थानशील हरित पूर्वाधार विकास गर्ने यो उपयुक्त अवसर हो । यो वर्ष पनि हामीले ‘ग्रीन रिकभरी’ लाई नै अघि बढाउन खोजेका छौं । डिजिटल प्रविधिको लेभरेज गरेर आर्थिक गतिविधि विस्तार गर्ने क्रमलाई हामीले तीव्रता दिनसक्छौं । 

मानवीय गतिविधि र भौतिक विकासले पर्यावरण विनाश, स्रोतको दोहन हुनु हुँदैन । दुबैबीच सकारात्मक सहसम्बन्ध कायम गर्न हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।

भर्खरै कमिटी फर डेभलपमेन्ट पोलीसी (सीडीपी) ले नेपाललाई स्तरोन्नतिका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् समक्ष सिफारिश गरेको छ । महामारीको यो असरको बाबजूद पनि नेपालको स्तरोन्नतिको प्रभाव के होला ? 

नेपालले सन् २०२२ मा स्तरोन्नति हुने सोच दश वर्षअघि नै अघि सारेको हो । नेपालल् १३औं त्रिवर्षीय योजनामा सन् २०२२ सम्ममा स्तरोन्नति हुने भनेर उल्लेख गरेको थियो । यदि त्यो नभनेको भए नेपालले विकासशील राष्ट्रमा स्तरोन्नति हुने हाम्रो कुनै पनि आकांक्षा छैन भनेर भन्न सक्थ्यो । जुनसुकै सरकारले पनि हामी प्रगति गरिरहेका छौं भनेर देखाउनैपर्छ । संसारभरी नै यो हुन्छ । सरकारमा आकांक्षा हुनुपर्छ । फेरि आकांक्षा भएर मात्र हुँदैन, सोही अनुसार काम पनि गर्नुपर्छ । उदाहरणका लागि, तपाईं एक वर्षमा १० किलो तौल घटाउने भन्नुहुन्छ तर आफ्नो आहारविहारमा ध्यान दिनुहुन्न भने त लक्ष्य पुरा गर्न कठिन हुन्छ नै । नेपाल यसअघि नै पनि दुई पटक (सन् २०१५ र सन् २०१८) मा स्तरोन्नतिका लागि योग्य भैसकेको हो । नेपालीको प्रतिव्यक्ति आय विकासशील राष्ट्रको लागि आवश्यक योग्यता १,२२० अमेरिकी डलरको थ्रेसहोल्डमा पुगेको छैन । विकासशील राष्ट्र भएपछि व्यापारका सुविधा सम्बन्धी विश्व व्यापार संगठनका शर्तहरू तथा द्विपक्षीय अनुदान र सहुलियत ऋणमा असर पर्न सक्ने कारण निजी क्षेत्र अहिले सकारात्मक नदेखिएको हो कि ! वैदेशिक सहायताको चर्चा गर्दा नेपाल बाह्य सहायता (सहुलियत ऋण र प्राविधिक सहायता)मा निर्भर रहेको देखिन्छ । तर बहुपक्षीय विकास सहायता प्रदान गर्ने निकायहरूको सहायतामा यसले ठूलो असर पार्दैन । तर नेपालले विकासशील देशमा स्तरोन्नति हुने तयारीका लागि पर्याप्त ग्रेस अवधि पाएको छ । सामान्यतः तीन वर्षको ग्रेस अवधि सहित स्तरोन्नति सिफारिश हुने गरेकोमा नेपालले ५ वर्षको समय पाएको छ । नेपालले धेरै रोजगारी सिर्जना गर्नेगरी लगानी आकर्षण गर्ने, नियामकीय व्यवस्थाहरूमा सुधार गर्ने, भ्रष्टाचार निवारण गर्ने लगायतका काम गर्न जरुरी छ । पक्कै पनि नेपालले अतिकम विकसित राष्ट्रको रूपमा पाएका सुविधाहरू कटौती होलान् । सुविधा कटौती भए पनि फरक नपर्ने गरी कसरी तयार हुने भन्ने ‘पोष्ट–ग्र्याजुएसन’ रणनीति तय गर्नुपर्छ ।  त्यो रणनीति कार्यान्वयनका लागि नेपालले पर्याप्त ग्रेस अवधि पाएको छ । अहिलेको समय अत्यन्त पृथक भएकाले नेपालको स्तरोन्नति हुने महत्वाकांक्षा र कोभिड–१९ को असरलाई मूल्यांकन गरीकन नेपालले कम विकसित देशका रूपमा पाइरहेका सुविधा सन् २०२६ पछि मात्र कटौती हुने गरी नेपालको स्तरोन्नति सिफारिश भएको छ । 

दीगो विकास लक्ष्य हासिल गर्ने सवालमा महामारीले साधरणतः विश्वव्यापी तहमा र विशेषगरी नेपाललाई कस्तो प्रभाव पार्ला ? 

दीगो विकास लक्ष्य हासिल गर्नका लागि अहिलेसम्मका उपलब्धिलाई संरक्षण गर्दै लक्ष्य हासिल गर्न अघि बढ्नुपर्छ । महामारीले उत्पन्न गरेको विद्यमान संकटको समयमा यसका लागि पक्कै पनि रोजगारी सिर्जना महत्वपूर्ण छ नै । यसअघि नै पनि दीगो विकास लक्ष्य हासिल गर्नका लागि गर्नुपर्ने लगानीको ठूलो खाडल थियो । नेपालले यसका लागि कुल ५ खर्ब ८५ अर्ब रुपैयाँ लगानीको खाडल आँकलन गरेको थियो । स्रोतको न्यूनता अझै फराकिलो हुनसक्छ । संघीय सँगै प्रादेशिक र स्थानीय सरकारसँग आवश्यक तथ्यांक उपलब्ध छ । उनीहरू समक्ष पनि हामी दीगो विकास लक्ष्य मैत्री बजेट तर्जुमाका लागि पहल गरिरहेका छौं । त्यस्तै, संघदेखि प्रदेशसम्मका जनप्रतिनिधिहरूले पनि उनीहरूको बजेट स्वीकृत गर्ने र कार्यान्वयन प्रभावकारी बनाउने भूमिका निर्वाह गर्ने क्रममा दीगो विकास लक्ष्य मैत्री भए/नभएको ध्यान दिनुपर्छ । यसका अतिरिक्त हामी सर्वोच्च लेखापरिक्षण संस्थाले पनि दीगो विकास लक्ष्य अनुसार काम भएको छ कि छैन भन्ने लेखापरिक्षणमार्फत् जवाफदेहीता अभिवृद्धि गराउन सक्छ । मानवीय गतिविधि र भौतिक विकासले पर्यावरण विनाश, स्रोतको दोहन हुनु हुँदैन । दुबैबीच सकारात्मक सहसम्बन्ध कायम गर्न हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले उपलब्ध स्रोतको उपयोग गरी दीगो विकास लक्ष्य कार्यान्वयनलाई केन्द्रीय रणनीतिमा राख्नुपर्छ । 

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सनमा मेरो उपस्थिति

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सन…

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्…

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टराई

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टर…

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्…

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी