विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ : सरकारका प्रवक्ता

काठमाडौँ : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूह शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा रहेको बताएका छन् । सोमबार सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले विप्लवसँग छिट्टै वार्ता हुने बताएका हुन् ।
‘हिंसात्मक गतिविधि नगरौ भन्ने नेपाल सरकारको आह्वान हो, सबै मूलधारमा आउनुपर्छ । विप्लव पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ,’ उनले भने, ‘वार्ता नजिक–नजिक भइरहेको छ । वार्ताको टुंगो लाग्ने बेला सार्वजनिक हुनेछ ।’
उनले प्रधानमन्त्रीले आफ्नो ठाउँबाट वार्ताका लागि विप्लवलाई आह्वान गरिरहेको बताए । सोमबार नै पोखरामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई आग्रह गरेका थिए । उक्त कार्यक्रममार्फत विप्लव समूहका ५० नेता कार्यकर्ता नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

प्रतिक्रिया