प्रतिनिधि सभामा के गर्ने भन्ने निचोडमा कांग्रेस पुगिसकेको छैन : पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यतिबेला नेपाली कांग्रेसले यसै गर्छ भन्ने निचोडमा नपुगेको बताएका छन् । ‘हामी अलमलमा नै छौँ । तर छलफल चलिरहेको छ,’ पौडेलले इकागजसँग भने, ‘प्रतिनिधि सभा विघटन हुनबाट बचेको छ । यो भनेको संविधान बचाउने काम भएको छ । अब कांग्रेस संयम भएर नै अघि बढ्नुपर्छ ।’
हौसियर होइन आगामी दिनमा देखिने राजनीतिक विकृतलाई सम्बोधन गर्नेगरी कांग्रेस अघि बढ्न आवश्यक भएको पौडेलले बताए । राजनीति विकृत अवस्थामा पुग्न सक्छ त्यस्तो अवस्थामा नेपालको राजनीतिलाई लिकमा ल्याउने कांग्रेसले नै हो भन्दै नेता पौडेलले भने, ‘हामी छलफलमा छौँ । सोच विचार गरेर निर्णयमा पुग्छौँ ।’
सत्ता र सडक दुवैमा नेकपा रहको अवस्थाले मुलुकलाई राजनीतिक विकृत अवस्थामा पुग्न सक्ने हुनाले कांग्रेस हौसियर अघि बढ्न नहुने पनि उनले बताए । 'आफूले गरेको कार्य असंवैधानिक भनेर अदालतले नै भनिदिएपछि पनि पदमा टाँसियर गफ दिनु लज्जास्पद नै हो,' पौडेलले भने, 'यस्ता विषयमा कांग्रेस स्पष्ट छ । उहाँ आफैले भंग गरेको संसदमा कसरी प्रवेश गर्नु हुन्छ ? यही हो राजनीतिमा नैतिकता हराएको र विकृतउन्मुख भएको ।’ कांग्रेस यस्तै विषयमा सल्लाह सुझाव लिन छलफल गर्ने तयारी गरिहरेको पनि उनले स्पष्ट पारे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया