देउवालाई महेश आचार्यको प्रश्न : प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिका के हो ?

काठमाडौँ : नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनमा बोलाइएको प्रतिनिधि सभा बैठकमा पार्टीको धारणाबारे सभापति शेरबहादुर देउवासँग जिज्ञासा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आचार्यले प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिका के हुने भन्ने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन ढिला भइसकेको उल्लेख गरेका छन् ।
'सर्वोच्चको निर्णय अनुसार अबको एक साता नबित्दै प्रतिनिधि सभाको बैठक समेत बस्ने हुँदा संसद्मा पार्टीले निर्वाह गर्ने भुमिकाका बारेमा केन्द्रीय समितिमा छलफल र निर्णय हुन ढिलो भैसकेको छ,' आचार्यले लेखेका छन्, 'राष्ट्र, संविधान र संसदीय प्रणालीसँग सम्बन्धित यति ठूलो घटनामा हाम्रो पार्टी प्रतिक्रिया र योजनाविहीन देखिनु र अहिलेको संवैधानिक र संसदीय जटिलतालाई समाधान गर्ने अग्रसरता लिन नसक्नु दुर्भाग्यपूर्ण हुनेछ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाको पुनः स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय वर्तमान संविधानको कार्यान्वयनको चरणको सर्वाधिक महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने संवैधानिक-राजनीतिक घटना भएकाले यसको समग्र पक्षको समीक्षा र देशको वर्तमान परिस्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न केन्द्रीय कार्यसमिति बैठक नडाकिनु गंभीर त्रुटि भएको आयार्यको भनाइ छ।
उनले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि माग गरेका छन् ।
आदरणीय सभापतिज्यु, असंवैधानिक तवरले सम्माननीय प्रधानमन्त्री अोली द्वारा विधटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने...
Posted by Mahesh Acharya on २०२१ मार्च १, सोमबार

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया