थपिए ७३ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप ७३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थप ६४ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७० हजार ४ सय ७१ जनाले कोभिड जितेका छन् । गत २४ घण्टामा कोभिडबाट ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २ हजार ७ सय ७७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
नेपालमा हाल ९ सय ६८ जना आइसोलेसनमा र ६१ जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म २१ लाख ६५ हजार ९ सय ८५ जनामा पीसीआर परीक्षण गरिएको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया