आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

साधारण सदस्यसमेत नरहेका ओली अध्यक्ष हुँ भनिरहेका छन् : माधवकुमार नेपाल

फाइल तस्बिर

काठमाडौँ  : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पार्टीको साधारण सदस्यसमेत नरहँदा पनि अध्यक्ष हुँ भन्दै हिँडेको आरोप लगाएका छन् ।  नेकपा दाहाल–नेपाल समूहनिकट पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।  

‘साधारण सदस्यसमेत हटाइसकेको ओलीले अहिले पाटी अध्यक्ष भन्दै हिँडिरहेका छन्। हामीले निर्वाचन आयोगलाई पनि भनिसकेका छौँ,’ उनले भने, ‘केपी ओली प्रधानमन्त्री पदमा टाँसी रहेको छन् ।’  

नेपालले महाधिवेशन अगाडि बहुमतको केन्द्रीय कमिटीको निर्णय आधिकारिक हुने र ओलीले पनि कमिटीको निर्णय मान्नै पर्ने बताए । उनले ओलीले पूर्व एमाले ब्यूँताउने कुरा गरिरहेको भन्दै त्यो सम्भव नरहेको बताए ।