'बास्केटबल खेल्न खोजेको पातलो मान्छे लडिहालेँ'
पोखरा : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले आफ्नो शारीरिक बनोट हेरेर खेल रोज्नुपर्ने बर्ताका छन् । आफू पातलो भएकाले बास्केटबल खेल्न नसकेको भन्दै उदाहरण दिए । ‘म पातलो मान्छे बास्केटबल खेल्न लाको, लडिहालें, यस्सो ड्यासिङ, ट्याकल गर्दियो भने त लडिहालिने,’ उनले भने ।
खेलाडीहरूको खेल कौशल प्रशिक्षकले उचित रूपमा चिन्ने भएकाले आफूले राम्रो गर्न सक्ने खेलमा लाग्नुपर्ने सुझाए । नेपालीहरू राम्रो अभ्यास पाएभने कहिल्यै पनि हार्न नसक्ने बताए । पोखरामा पोखरा रंगशालाको अवलोकनपछि बोल्दै प्रधानमन्त्री ओलीले नेपालले दक्षिण एसियाली खेलकुदमा पाएको सफलताले नेपाली खेललाई व्याख्या गर्ने बताए ।
‘अघिल्लो खेलभन्दा अहिलेको खेलमा १७ गुणा बढी स्वर्ण जित्यौं, अब नेपाली हार्दैनन्,’ उनले भने । पोखरा रंगशलााको निर्माण कार्य छिट्टै सकिने प्रधानमन्त्री ओलीले बताए ।

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

प्रतिक्रिया