स्वास्थ्यमन्त्री भन्छन् : ढुक्क भएर लगाउनुहोस् दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप

काठमाडौँ : फागुन २३ देखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ । यो खोप ३७ लाख हाराहारीलाई लगाइने मन्त्रालयले जनाएको छ । जसमा ५५ वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखिने भएको छ ।
खोप बिना संकोच ढुक्कसँग लगाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले अनुरोध गरे । ‘पहिलो चरणमा साढे चार लाख खोप लगाएकामध्ये ९ सय ९१ जनामा ज्वरो आएको थियो,’ उनले भने, ‘सामान्य औषधि उपचारपछि उनीहरूलाई निको भएको थियो । त्यसैले, भ्याक्सिनदेखि डराउनुपर्ने अवस्था छैन । खोप लगाएकाहरूमा एन्टीबडीसमेत डेभलप भइसकेको छ ।’
जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले खोपले आफ्नो शरीरमा कोभिडविरुद्ध उल्लेखनीय एन्टिबडी उत्पन्न गरेको बताएका छन् । ‘मैले कोभिशिल्ड लगाएको १ महिना भयो,’ उनले भने, ‘अहिले मेरो शरीरमा एन्टिबडी तयार भएको छ । यो खोपले काम गर्छ कि गर्दैन भन्ने जिज्ञासा धेरैको मनमा छ । मेरो शरीरमा काम गर्यो भने अरुको शरीरमा पनि पक्कै गर्ला ।’
खोपको दोस्रो मात्रा सरकारले दिएको तालिका अर्थात् पहिलो खोप लगाएको ८ देखि १२ हप्तामा लगाउने समेत उनले जानकारी दिए । नेपालमा अहिले भारतबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोप लगाइएको छ । दोस्रो चरणमा भने भारतबाट खरिद गरेर ल्याइएको कोभिशिल्ड खोप लगाउने हो ।
अबको केही समयमा चीनबाट पनि खोप ल्याउने तयारी सरकारको छ । चिनियाँ खोप ‘भेरो-सेल’ पनि पाँच लाख डोज अनुदानमा नै आउन लागेको हो । त्यसबाहेक सरकारले निजी क्षेत्रलाई पनि सर्वसुलभ ढंगले खोप लगाउन दिने प्रक्रिया पनि सँगै अघि बढाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया