आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

ओली समूहमा प्रवेश गरेका विप्लवका नेता भन्छन् : सरकारको स्वाद चाख्‍न आएको होइन

काठमाडौँ : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) का नेता सन्‍तोष परियार 'परिवर्तन'ले सरकाको स्वाद चाख्‍न नभई वास्तविक कम्युनिष्टहरू एकतावद्ध भएर लड्नसरकारमा भएको पार्टीमा प्रवेश गरेको बताएका छन् । सोमबार पोखरामा आयोजित आमसभामा ओली समूहमा प्रवेशपछि सम्बोधन गर्दै आगामी दिनमा विचारमा एकतावद्ध भएर जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए । 

'राष्ट्रिय स्वाधिनताको पक्षमा प्रधानमन्त्री ओलीको कदममा हामी कटिवद्ध छौं,'उनले भने, 'सरकारमा भएको पार्टी, सरकारको स्वाद चाख्न आएका होइनौं । वास्तविक कम्युनिष्टलाई एकतावद्ध भएर लड्न आएका छौं । आगामी दिनमा कमरेडका विचारमा एकतावद्ध भएर जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छौं ।'