‘चिसो मान्छे’को छायांकन सुरु

काठमाडौं : दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’को छायांकन आइतबार अर्थात् आजबाट सुरु भएको छ ।
निर्देशक दीपेन्द्र के खनालले पूजा गरेको फोटो सामाजिक सञ्जालमा राख्दै चलचित्रको छायांकन सुरु भएको जानकारी दिइयो ।
शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रलाई शुभकामना दिए । सुभाष भुषालको संगीत रहने यो चलचित्रलाई काठमाडांैदेखि बाजुरासम्म खिचिनेछ । निर्देशक खनालले भने ‘हामीले चलचित्रलाई काठमाडांैदेखि बाजुरासम्मका विभिन्न लोकेसनमा खिच्नेछौ । चलचित्रको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’
यो चलचित्रले समाजका चिसो मानिसहरुको कथा भन्ने उनले बताए । चलचित्रलाई आफूले घाममा नखिच्ने उनले बताए । चलचित्रलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माण पक्षले बताएको छ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको चलचित्र ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया