संसद् सचिवालयको ढड्डामा पनि नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई

काठमाडौँ । संघीय संसद् सचिवालयमा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकको रुपमा विशाल भट्टराईको नाम दर्ता गरेको छ। यस अघिका प्रमुख सचेतक देव गुरुङलाई हटाएर प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेको पत्रको आधारमा संसद सचिवालयले उनलाई मान्यता दिएको हो ।
‘उहाँलाई प्रमुख सचेतकको रुपमा नियुक्त गरिएको पत्र प्राप्त भएको छ । अब नेकपाको प्रमुख सचेतकको रुपमा संसद सचिवालयले उहाँलाई नै चिन्दछ ।’ संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले इकागजसँग भने ।
गत शुक्रबार नेकपा ओली समूहले भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । नवनियुक्त सचेतक भट्टराईले संसद सचिवालयबाट प्राप्त गर्ने सेवा सुविधाको प्रक्रियासमेत अघि बढिसकेको पाण्डेले जानकारी दिए । ‘उहाँले आजदेखि नै लागू हुने गरी सेवा सुविधानको लागि पत्र बुझिसक्नु भएको छ,’ उनले भने, ‘सवारी सुविधा पनि आजबाटै बुझ्नु भएको छ । उहाँको लागि कार्यकक्ष पनि तयार भइसकेको छ ।’
नेकपा विभाजनसँगै नेकपा ओली समूह र नेकपा दाहाल-नेपाल समूह भएको छ । यस अघिका प्रमुख सचेतक गुरुङ नेकपा दाहाल-नेपाल समूहको भएकोले ओलीले हटाएका हुन् । संसद् सचिवालयले गुरुङले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गर्न पत्राचार गर्ने पाण्डेले बताए । ‘उहाँले प्रयोग गर्दै आउनु भएको सवारी सुविधा फिर्ताको लागि पत्र पठाउँछौँ,’ पाण्डेले भने, ‘हप्ता/१० दिनमा फिर्ता हुन्छ ।’ दल विभाजन भएपनि नफुटेकोले नेकपाको संसदीय दलको नेताको रुपमा अझै केपी शर्मा ओली नै छन् । दलको नेताले प्रमुख सचेतक र सचेतक नियुक्त गर्न पाउने व्यवस्था छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया