केसीको निधनमा कांग्रेसले बुधबार पार्टी कार्यालय बन्द गर्ने

काठमाडौं : नेपाली ले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधनमा बुधबार केन्द्रीय कार्यालयसहित सबै कार्यालय बन्द गर्ने भएको छ ।
मंगलबार बसेको को आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले बुधबार केन्द्र तथा जिल्लाका सबै बन्द गर्ने निर्णय गरेको हो । बैठकले कात्तिक १९ र २० गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव जानकारी दिए । विज्ञप्ति जारी गर्दै केसीको निधन भएको १३ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला शोक पुस्तिका निर्णय पनि गरेको जनाएका छन् ।
प्रतिष्ठित केसीको पोखरा महानगरपालिका-७ निवासमा निधन भएको थियो । केसी र माता केसीको कोखबाट २०१४ जेठ १० गते जन्मिएका केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत सदस्य भएका थिए ।
बैठकले केसीको निधनप्रति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
यसैबीच कांग्रेस संसदीय दलले पनि प्रतिनिधि सभा सदस्य केसीको निधनप्रति दुःख गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै औद्योगिक विकासका साथै सामाजिक क्षेत्रमा सक्रिय केसीको निधनले कांग्रेस र नेपालको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् ।

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

प्रतिक्रिया