बिक्रेताहरूको सम्मेलन सकियो

काठमाडौं : छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले फाल्गुन १४ गते शुक्रबारका दिन नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । कार्यक्रममा अम्बे स्टील्सका ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका वरिस्ठ उज्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता थियो ।
सम्मेलनको मुख्य उद्देश्य वर्षैंदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।
अम्बे स्टील्सले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुइवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ । यस कम्पनीबाट उत्पादित टि. एम. टि छड अन्तर्राष्ट्रिय गुणस्तरको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।
सम्मेलनमा उपस्थीत सम्पूर्णलाई सम्बोधन गर्दै अम्बे स्टील्स्का प्रतिनिधिले भने, ‘यहाँहरुका मिहेनत र ग्राहकसेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गदछौं । हामीहरुले यो उचाई कायम राख्न अझै बढि ग्राहकसेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।’

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया