शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

धेरै रक्सी खाएपछि मृत्यु !

जनकपुर : धनुषामा धेरै रक्सी खाएका एक व्यक्तिको मृत्यु भएको छ । धेरै रक्सी खाएका लक्ष्मीनिया गाउँपालिका ७ कुम्हरौडाका अन्दाजी ४० वर्षीय ललन महराको आइतबार बिहान मृत्यु भएको अवस्थामा शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले शनिबार साँझ धेरै मदिरा सेवन गरेको अवस्थामा उनलाई स्थानीयले देखेको बताए । तर आइतबार उनको शव भेटिएपछि धेरै रक्सी खाएकै कारण उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।