यस्ता छन् शिक्षक सरुवा गर्दा पालना गर्नुपर्ने मापदण्ड
काठमाडौँ : सरकारले शिक्षकहरुको अन्तरजिल्ला सरुवा खुला गरेको छ । शिक्षा मन्त्रालयले शिक्षकहरुलाई एक जिल्लादेखि अर्को जिल्ला सरुवा भएर जान पाउने बाटो खोलेको हो । यद्यपी यसबारेमा पूर्ण जानकारी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाइ दिनुपर्नेछ ।
अहिले विद्यालय तहको शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई छ । तर शिक्षक सरुवा र व्यवस्थापनको काम भने केन्द्र सरकारले गर्दै आएको छ । यस विषयमा केन्द्र सरकार र स्थानीय सरकारका जनप्रतिनिधिबीच विवाद पनि छ । सोही विवादका कारण गएको पुसमा शिक्षा मन्त्रालयले अन्तर जिल्ला सरुवा रोकेको थियो ।
सरकारले अन्तर जिल्ला शिक्षक सरुवा गर्न पाउने व्यवस्था गरेपछि स्थानीय तहका जनप्रतिनिधिलाई केही सहज हुने देखिएको छ । तर यसका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र केन्द्रबीच सहकार्य हुनुपर्नेछ ।
यसका साथै एक जिल्लादेखि अर्को जिल्ला वा एक स्थानीय तहदेखि अर्को स्थानीय तहबीचमा दरबन्दी मिलानको काम सम्पन्न भएको प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्नेछ । सरुवा गर्दा विषय र तह मिलेका शिक्षकहरु हुनुपर्नेछ ।
यसले शिक्षाको गुणस्तर वृद्धि गर्न क्षमतावान शिक्षक ल्याउने र पठनपाठनमा बाहनाबाजी गर्ने शिक्षकलाई सरुवा गर्ने स्थानीय तहलाई सहज हुनेछ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया