शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

ट्राफिक प्रहरीको व्यवहारमा सुधार ल्याउन कार्यक्रम

फाइल तस्बिर

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम सुरु गरेको छ ।महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको सुरुवात गरेको जनाएको छ ।  

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एव गतिबिधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यबहार सहित सहज, सरल एंव पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मुल्याङ्कन पद्दति सहित पुरस्कृत गर्ने परिपाटीको सुरुवात गरेको हो । ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७ बनाई लागु गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । प्रत्येक महिना सर्बोत्कृष्ट कार्य सम्पादन गर्ने दुई जनालाई वृत्ति विकासमा जनिने गरि नगद पुरस्कार एवं सम्मानसमेत गरिने उनले बताए ।  

यसले आम सेवाग्राही एंव सडक प्रयोगकर्ताहरुलाई नागरिकमैत्री व्यवहार सहित उत्कृष्ट सेवा प्रदान गर्न र समग्र कार्य सम्पादनमा प्रभावकारिता एव स्तरवृद्धि गर्न कोशेढुङ्गो साबित हुने उनले बताए ।  ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले “नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७” लागु गरेको जनाएको छ । कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने ट्राफिक कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।