आरोनलाई सेलेनाको छेऊ नपर्न फ्यानको धम्की

लसएन्जल्स : फ्यान सेलिब्रेटीप्रति यति धेरै ‘पोजेजिभ’ हुन्छन् कि उनीहरूको जे कुरा पनि आफ्नो इशारामा होस् भन्ने चाहान्छन् । भएन कि उछित्तो काढ्न सुरु गरिहाल्यो । सेलेना गोमेजका फ्यानले अहिले त्यही गरेका छन् ।
सेलेना यतिबेला आरोन डोमिनेगेजसँग हुलुबाट प्रसारण हुने ‘वन्ली मर्डरस् इन दि बिल्डिङ’ सिरिजमा अभिनय गरिरहेकी छिन् । तर, जब सेटबाट दुवैका फोटो सार्वजनिक हुन थाले सेलेनाका फ्यान उनीहरूको निकटता देखेर बिच्किए । उनीहरूले आरोनलाई कुरुप भन्दै सेलेनाको छेउ पनि नपर्न धम्की दिए ।
‘सेलनाबाट टाढै बस । उनले तिमीभन्दा धेरै गतिलो केटा पाउँछिन् । घिनलाग्दो केटा !’ ट्रोलरले लेखेका छन् । जवाफमा आरोनले आफूलाई गाली गरेको पोस्टको स्क्रिनसट सेयर गर्दै त्यसको तल ‘लोल’को इमोजी सेयर गरेका छन् ।
हत्याको कथा वरपर बुनिएको फिल्मको सुटिङ चलिरहँदा दुवैले एक अर्कासँग प्रशस्त समय बिताइरहेको पनि समाचार आइरहेका छन् । केही दिन अघि दुवै इन्स्टामा पनि लाइभमा आएका थिए । यतिबेला पनि सेलेनाले ओरोनले हत्ते गरेर लाइभमा आएको बताएकी थिइन् । जस्टिन विबरसँग लामो समय अफेयरमा रहेकी सेलेना केही वर्षयता एक्लै छिन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया