एक अर्कासँग माफी मागरे सकियो अरुण प्रधान र पल शाहको विवाद

काठमाडौं : निर्देशक अरुण प्रधान र अभिनेता पल शाहबीच धरानमा परेको विवाद मिलापत्रमा सकिएको छ । दुवै पक्षले आआफ्नो कमीकमजोरी स्वीकार गरेपछि धरान प्रहरीको रोहबरमा विवाद सल्टिएको हो । इकागजसँग कुरा गर्दै अरुण प्रधानले दुवै पक्षले पहिले गरेको गल्तीमा माफी मागेपछि मिलापत्र भएको जानकारी गराए ।
‘पलजी हाम्रो पाहुना हो । हाम्रो तर्फबाट पनि अन्जानमा केही भएको छ भने सरी भन्यौं उहाँहरूले पनि आफूबाट गल्ती भएको स्वीकार गर्नुभयो । आफू आफूमा विवाद गरेर बस्नु राम्रो होइन भन्ने लागे पछि सहमतिमा गएका हौं,’ अरुणले इकागजसँग भने ।
म्युजिक भिडियोमा अभिनय गर्न धरान पुगेका पल शाह र अरुण प्रधानबीच १२ गते साँझ खाना खाने क्रममा विवाद भएको थियो । विवाद बढ्दै गएपछि पल शाहका सहयोगी कृष्ण जोशीले आफूमाथि हातपात गरेको अरुण प्रधानको आरोप थियो । उनले पल शाह र उनका सहयोगीले माफी माग्नु पर्ने अन्यथा एक नं प्रदेशमा उनका चलचित्र चलाउन नदिने घोषणा गरेका थिए ।
अन्ततः १४ गते साँझ दुवै पक्षबीच मिलापत्र भएको थियो । १ नं प्रदेशको चलचित्रकर्मी महासंघको अध्यक्षसमेत रहेका अरुणले आफू जिम्मेवार पदमा रहेकाले पनि विवादलाई धेरै बढाउन नचाहेको उनले बताए ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया