सार्क अघि बढाउन बाध्य हुँदै भारत
सार्क चार्टरका केही प्रावधानमा कटौतिसहित अघि बढ्ने तयारी

काठमाडौँ : आफ्ना सबै छिमेकीले हरेक छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रसंग उठाउन थालेपछि भारत प्रक्रिया अघि बढाउन तम्सेको छ । सार्क प्रक्रियाको बाधक नै भारत हो भन्ने सन्देश जान थालेपछि सार्कलाई पुनः लिकमा ल्याउन लागेको हो ।
भारतकै अगुवाईमा २०१६ को नाेभेम्बरमा पाकिस्तानमा तय भएको १९ औँ शिखर सम्मेलन अन्तिम समयमा स्थागित भएको थियो । स्थगनको झण्डै पाँच वर्षपछि शिखर सम्मेलन गराउने तर्फ भारतले हरियो बत्ती बालेको संकेत दिएको हो ।
भारत र पाकिस्तानबीचको आन्तरिक तनाबले स्थगन भएयता भारतले बिम्स्टेकलाई बढी प्रशय दिएको थियो । भारत र पाकिस्तानको कारण अघि बढ्न नसकेको सार्कलाई दुई देशबीच अहिले विभिन्न तहमा भइरहेका छलफलले नै टुंगोमा लैजाने विश्वास सदस्यराष्ट्रहरूको छ ।
सार्क अध्यक्षको रूपमा नेपालले सम्मेलन गने वातावरण निर्माण गर्न खासै भूमिका निर्वाह गर्न सकेको छैन । सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले बेला बेलामा भारत र चीनको मध्यस्तता गरिदिनेसमेत भन्ने गरे पनि आफैं अध्यक्ष रहेको सार्कको नै सात वर्षदेखि शिखर सम्मेलन गराउने वातावरण निर्माण गर्न सकेका छैनन् ।
पछिल्लो समय भारत र पाकिस्तानबीच सीमामा युद्ध विरामको अवस्था छ । कूटनीति, राजनीति र सैन्य तहमा समेत छलफलहरू भइरहेका छन् । जसले गर्दा भारत र पाकिस्तानबीचको सम्बन्धमा केही सुधार आए शिखर सम्मेलन हुने बलियो सम्भावना रहेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । उनले भने, ‘भारत र पाकिस्तानबीच गम्भीर छलफलहरू चलिरहेका छन् । सार्क अघि बढाउने विषयमा भारत पछिल्लो समय लचिलो पनि देखिएको छ ।’
सार्क सदस्य मुलुकले भारतसँग गर्ने हरेक छलफलमा सार्कको प्रशंग आउने भएपछि यसलाई अघि बढाउन भारत केही समयदेखि दबाबमा थियो । हुन पनि र्साक संरचना बनेदेखि नै हरेक गतिविधि सार्कमार्फत नै हुने गरेको छ । सानादेखि राष्ट्र प्रमुख तहसम्मका छलफलमा सार्कका विषय उठ्दै आएका छन् ।
सार्क स्थापनामा भारतले रूचि देखाएको थिएन तर छिमेकको दबाबमा परेर सार्कमा आउन सहमत भएको थियो । त्यसको ३६ वर्षपछि फेरि भारतले नचाहेर पनि सार्क प्रक्रिया अघि बढाउन बाध्य हुने अवस्था सृजना भएको छ । हुनत, बीच-बीचमा सार्क शिखर सम्मेलन हुन नसक्नुमा पनि भारत-पाकिस्तानको द्वन्द्व नै कारक बन्दै आइरहेको थियो । तर, अहिले जति लामो समय सार्कको शिखर सम्मेलन रोकिएको थिएन ।
अहिले अवरुद्ध सार्क प्रक्रिया अघि बढाउन भारतले केही मोडालिटि परिवर्तनको प्रस्ताव गर्नेबारे अनौपचारिक छलफल गरिरहेको परराष्ट्र उच्च अधिकारीले जानकारी दिए । सार्कमा गरिने सबै प्रकारको गतिविधिमा भारतले आफ्नो प्रमुख भूमिका खोज्दै शिखर सम्मेलनबाट पर्यवेक्षकको भूमिका थप कमजोर पार्ने कार्यमा सुझाव दिंदै आएको छ ।
सार्क यस्तो संगठन हो जहाँ सदस्यभन्दा बढी पर्यवेक्षक छन् । सार्कमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान सदस्य छन् भने चीन, जापान, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, इरान, म्यानमार, युरोपेली महासंघ (इयू) र मौरिसस पर्यवेक्षक छन् ।
सार्क स्थापनामा भारतले रूचि देखाएको थिएन तर छिमेकको दबाबमा परेर सार्कमा आउन सहमत भएको थियो । त्यसको ३६ वर्षपछि फेरि भारतले नचाहेर पनि सार्क प्रक्रिया अघि बढाउन बाध्य हुने अवस्था सृजना भएको छ ।
जसरी सार्क चार्टरलाई वेवास्ता गर्दै हरेक वर्ष हुने सार्क शिखर सम्मेलन दुई वर्षमा एक पटक गरिने बनाइएको छ । त्यसैगरी पर्यवेक्षकको भूमिकासहित अन्य केही प्रावधानको बारेमा पनि छलफल अघि बढाएको कूटनीतिक स्रोतले बतायो । यसैबीच, दुई दिन अघि पाकिस्तान र श्रीलंकाले सार्क उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्याउँदै यसलाई अघि बढाउन आ-आफ्नो तर्फबाट प्रयास गर्ने बताएका छन् ।
पाकिस्तानमा शिखर सम्मेलन नहुने अवस्था आए आफूले शिखर सम्मेलन गर्ने प्रस्ताव चार वर्ष अघि श्रीलंकाले राखेको थियो । तर आफ्नो पालोमा आफूले नै गर्ने भन्दै पाकिस्तानले शिखर सम्मेलनमा जोड दिँदै आएको हो ।
त्यो प्रसंग बाहिर नआए पनि श्रीलंका र पाकिस्तानका प्रधानमन्त्रीद्वय क्रमशः महिन्दा राजपाक्ष र इमरान खानले यस क्षेत्रका जनताको भलाइका लागि सार्क राष्ट्रहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका हुन् । श्रीलंका भ्रमण सकिएपछि जारी संयुक्त वक्तव्यमै समेटिएको छ, ‘दुवै पक्षले सार्क बडापत्रको उद्देश्य र सिद्धान्त अनुरुप सहकार्यमा जोड दिँदै सार्क सदस्य मुलुकहरूबीच यो क्षेत्रका जनताको बृहत् भलाइका लागि निकटता बढाउन आवश्यक छ ।’
श्रीलंका र पाकिस्तानबीच यस्तो छलफल भइरहँदा यता भारत र पाकिस्तानबीच पनि दुई पक्षीय सम्बन्ध सुधारको कार्य अघि बढेको छ । कूटनीतिक, नागरिक र सुरक्षा निकायका विभिन्न च्यानलहरूबाट छलफल अघि बढेको हो । श्रीलंका र पाकिस्तानमा मात्र होइन भारत र अन्य मुलुकमा होस वा अन्य सदस्य मुलुक एक अर्काबीच उच्चस्तरको भ्रमण हुँदा सार्कलाई अघि बढाउने विषयमा छलफल हुने गरेको छ । उनीहरूले यो क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै आएका छन् ।
हुनत, कोभिड-१९ को महामारी सुरु भए लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका शीर्ष नेताहरूको बैठक आयोजना गरे । त्यतीबेला लाग्थ्यो भारत नै सार्कको अध्यक्ष हो । त्यसपछि सार्क शिखर सम्मेलनको ढोका खुलेको हो कि झै थियो । तर अघि बढेन् । सार्क परराष्ट्र मन्त्रीहरूको अनौपचारिक बैठक राष्ट्रसंघीय महासभाको क्रममा भर्चुअल माध्यमबाट भयो । तर, त्यस बैठकले पनि शिखर सम्मेलनका लागि वातावरण बनाउन सकेन ।
जम्मु-कश्मीरका विषयमा भारत र पाकिस्तानबीच विवाद अझै घटेको छैन । तर, केही समययता दुवै पक्षका सेना सीमा क्षेत्रमा शान्त नै छन् । भारत र पाकिस्तानबीच द्वन्द्व भए पनि जनस्तरको सम्बन्धमा आत्मियता छ । हरेक वर्ष आठ लाख बढी पाकिस्तानीले भारत भ्रमणको भिसा लिएका हुन्छन, त्यो पनि इस्लामाबादबाट मात्र । त्यस्तै भारतबाट पाकिस्तान जानेले पनि त्यो भन्दा बढी भिसा लिइरहेका हुन्छन् । यस्तो अवस्थामा सहकार्य अघि बढाउन दुवै मुलुक उत्तिकै गम्भीर भएर लाग्न पर्ने सुझाव सार्क अध्यक्ष मुलुक नेपालले दिँदै आएको छ ।

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

प्रतिक्रिया