अक्षयले खोले कियराको अफेयरको पोल

कियरा आडवानी यतिबेला ‘लक्ष्मी’को प्रचार प्रसार गरिरहेकी छिन् । फिल्म यही ९ तारिखमा डिज्नेमा आउँदैछ । तर, यसका मुख्य कलाकार अक्षय कुमार र कियरा आडवानीले हलमा आउनेभन्दा कम प्रचार गरेका छैनन् । प्रचारकै क्रममा अक्षय र कियरा कपिल शर्माको सोमा गएका थिए ।
कपिलको सोमा हिरोइन पुगेपछि नजिस्काउने कुरै भएन । कपिलले जिस्काउँदै कियराको ‘रिलेसनसिप स्ट्याटस’को बारेमा सोधे । जवाफमा कियराले यो विषयमा विवाहपछि मात्र बोल्ने बताइन् । उनको जवाफ थियो, ‘म त्यतिबेला मात्र यो विषयमा कुरा गर्छु जब विवाह गर्छु ।
कपिलले स्मार्ट उत्तर दिएको भन्दै कियराको तारिफ गरे । तर, यो कुरा यहीँ टुंगिएन । अक्षय कुमारले कियराको तारिफ गर्दा गर्दै उनको अफेयरको पोल खोलिदिए । उनले कियरालाई जिस्काउँदै भने, ‘कियरा बडा सिद्धान्तवाली छिन् ।’
अक्षयको यो प्रतिक्रिया सुनेर कपिलसँगै सारा टिम हाँसे । कियराको गाला लाजले रातो भयो ।
केही समययता कियरा सिद्धार्थ मल्होत्रासँग अफेयरमा रहेको चर्चा छ । पापाराजीले धेरै पटक दुवैलाई सँगै कैद गरिसकेका छन् । तर, मुखले दुवैले आजसम्म पनि अफेयरको खबर स्वीकारेका छैनन् । सिद्धार्थको नाम यसअघि आलिया भट्टसँग जोडिने गरेको थियो ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया