२६ दिनदेखि अस्पतालमै अलपत्र महराको शव

जनकपुरधाम : जग्गा विवादकाका क्रममा भएकाे कुटपिटमा मारिएका सर्लाहीका दलित महेन्द्र महराको शव गत २६ दिनदेखि विरगंजस्थित नारायणी अस्पतालमा राखिएको छ । असोज २२ गते सर्लाही रामनगर गाउँपालिका ७ सिसौट निवासी महराको जग्गा विवादको क्रममा स्थानीय विनोद महराको कुटपिटबाट मृत्यु भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका महराको थप उपचारको क्रममा विरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको थियो । घटना पश्चात प्रहरीले दोषीविरुद्ध मुद्दा दर्ता गर्न नमानेपछि प्रतिनिधिसभा सांसद अमरेश नारायण सिंह र कांग्रेस जिल्ला कार्यसमितिद्वारा दोषी अविलम्ब पक्राउ गरी कारवाही, पीडीतलाई उचित क्षतिपूतिको माग गर्दै दुई पटक आन्दोलन समेत भएको छ ।
पछिल्लो पटक असोज २८ गते मुद्दा दर्ताको माग गर्दै प्रहरीविरूद्ध गरेको प्रदर्शनको क्रममा एक पत्रकार, पीडित परिवारका सदस्यसहित ४ दर्जन व्यक्ति घाइतेसमेत भएका थिए ।
प्रहरीले मुद्दा दर्ता नगरेपछि अन्ततः एक हप्ता अगाडि हुलाकमार्फत नेपाली कांग्रेसको सहयोगमा पीडित परिवारले मुद्दा दर्ता गराएका छन । घटनाको २६औं दिनसम्म प्रहरीले दोषीलाई पक्राउने प्रयास गरेको भन्दै आफन्तले अस्पतालबाट शव उठाएका छैनन् । शव नारायणी अस्पतालमै अलपत्र छ ।
प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंहले भने दोषी भनिएका व्यक्तिहरु सत्ताधारी नेकपाको नेता/कार्यकर्ता रहेका कारण प्रहरीले हालसम्म पक्राउ गरी कारवाही प्रक्रिया बढाउन नसकेको आरोप लगाए ।
दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी रहने उनले बताए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं नायब उपरीक्षक मदनसिंह कुँवरले जानकारी दिए ।
तर पीडित परिवारले भने घटनामा नेकपा कार्यकर्ता विनोद महरासहित ११ जना संलग्न रहेको भन्दै प्रहरीले दोषलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै आएका छन् ।
यसरी भयाे घटना
करीब एक वर्षदेखि सार्वजनिक बाटोको जग्गा विनोद महराले मिचेको भन्दै महेन्द्र महरा लगायतका स्थानीयबीच विवाद थियो । सो विषयमा जिल्ला अदालतमा मुद्दा समेत चलिरहेको छ ।
मृतकका भाइ यदुनन्दन महराले अदालतमा मुद्धा चलिरहेकै बेला विनोद महरालगायतका व्यक्तिहरुले घरमै आएर कुटपिट गरेको बताए । त्यस पश्चात पटक पटक दुवै पक्षबीच विवाद र झडप भइरह्यो ।
असोज २२ गतेका दिन आफू घरमा नरहेको अवस्थामा मृतक महेन्द्रका बुहारीलाई विवादकै क्रममा विनोदका परिवारिक सदस्यहरुले कुटपिट गरेको उनले बताए । ‘सोही क्रममा दाजु महेन्द्रले बचाउन खोज्दाा विनोदलगायतका ११ जना व्यक्तिले निर्घात रुपमा कुटपिट गरी घाइते बनाए ।’
घटना पश्चात उपचारको लागि मलंगवास्थित जिल्ला अस्पतालमा लगियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विरगंज नारायणी अस्पतालमा पठाइयो र उपचारकै क्रममा उहाँको निधन भयो ।’
निधनपछि प्रहरीले शव परिवारको जिम्मा लगायो । तर घर ल्षउँदै गर्दा नारायण पुल नजिकबाट प्रहरीले शव नियन्त्रणमा लिएर पुनः अस्पताल नै लग्यो ।
प्रहरीले शव नियन्त्रणमा लिने क्रममा आफूहरुले मलंगवा जिल्ला अस्पतालमै पोष्टमार्टम गराउने भने पनि प्रहरीले नमानेको उनले बताए ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया