वैशाख २ बाट फ्लोरमा ‘कबड्डी ४’, को बन्ला नयाँ ‘मैयाँ’ ?

काठमाडौं : वैशाख २ गतेबाट ‘कबड्डी ४’ फ्लोरमा जाने भएको छ । निर्माण टिमले शुक्रबार सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै यसको जानकारी दिएको हो । पोस्टरमा उल्लेख भए अनुसार यो फिल्मको अन्तिम शृंखला हुनेछ ।
निर्माण टिमले पोस्टरमा ‘फाइनल म्याच’ उल्लेख गरेको छ जसले पर्दामा चलिरहेको कबड्डीको भाग रहने संकेत गर्छ । यो फिल्ममा मुख्य भूमिकामा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङ यथावत रहनेछन् । त्यसैगरि फिल्म सौगात मल्लको पुनः प्रवेश हुने भएको छ ।
शृंखलाको दोस्रो भागमा दयाको समानान्तर भूमिकामा देखिएका सौगात तेस्रो भागमा भने अटाएका थिएनन् । तेस्रो भागमा कर्माले उनको ठाउँ लिएका थिए ।
कार्यकारी निर्माता मणिराम पोखरेलले फिल्ममा हिरोइनको भने खोजी भइरहेको जानकारी गराए । ‘५÷६ जनासित कुरा भइरहेको छ । एक हप्ता भित्र फाइनल हुनेछ,’ उनले भने ।
फिल्मको पहिलो र दोस्रो भागमा रिश्मा गुरुङले अभिनय गरेकी थिइन् भने तेस्रोमा उपासना सिंह ठकुरीले अभिनय गरेकी थिइन् । निर्माता पोखरेलले सकभर नयाँ अनुहारलाई मौका दिने सोच रहेको पनि बताए ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया