७५ मा नीर शाह

नीर शाहले आइतबार ७५ औं जन्मदिन मनाइरहेका छन् । गीत, संगीत र सिनेमाका त्रिवेणाी नीर शाह नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धक हुन् । हिरा सिंह खत्रीको निर्देशनमा बनेको ‘परिवर्तन’बाट अभिनय यात्रा सुरु गरेका नीर शाहले ३ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
नीर शाहको अभिनय यात्रा रंगमञ्चबाट सुरु भएको थियो । २०१० साल असोज २६ गते देवेन्द्र बिक्रम शाह र बोधकुमारी शाहको कोखबाट कान्छा छोराको रुपमा जन्मिएका नीर शाहले स्कुल भर्ना नहुँदै टोलका केटाकेटी भेला गरेर नाटक गर्ने गरेका थिए । उनले अभिनय गरेमध्य ‘मुटुको ब्यथा’ सबैभन्दा चर्चित भएको थियो । यो नाटकको निर्देशन हरिहर शर्माले गरेका थिए । रमाइलो संयोग, पछि आफ्नो पहिलो निर्देशकीय फिल्म ‘बासुदेव’मा शाहले हरिहर शर्मालाई मुख्य भूमिकामा अभिनय गराएका थिए ।
५४ वर्षपछि नीर शाहले कुमार नगरकोटीले लेखेको नाटक ‘बाथटब’मा अभिनय गरेका थिए । गत साल मञ्चन भएको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका थिए ।
२०२४ सालमा परिवर्तन खेल्दा उनले ७ रुपैँया पारिश्रमिक पाएका थिए । तर, ५५ वर्षदेखि अभिनयमा निरन्तर सक्रिय शाह आजभोलि एउटा फिल्म खेलेको २ देखि ३ लाखसम्म पारिश्रमिक लिन्छन् ।
नीर शाहको नाममा थुप्रै पहिलोको संयोग छ । शाह २०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष र महाप्रबन्धक भए । नेपालमा फिल्म पढाउने कलेज स्थापना गर्ने श्रेय पनि उनैलाई जान्छ । आज ‘अस्कर अलेज अफ फिल्म स्टडिज’ नामले चलिरहेको कलेज नीर शाहले स्थापना गरेका हुन् । नेपालबाट अस्कर अवार्डको अन्तिम ५ को मनोनयनमा अटाउने पहिलो फिल्मका निर्माता पनि नीर शाह नै हुन् । उनले फ्रान्सेली निर्देशक एरिक भ्यालीसँग मिलेर निर्माण गरेको ‘क्याराभान’ अस्करको अन्तिम ५ सम्म पुगेको थियो ।
२०३७ सालमा ‘बासुदेव’को निर्देशन गरेका शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’लाई पहिलोपल्ट गीत बनाएका थिए । तर, यही गीत रेकर्ड गर्न मुम्बई गएको बखत शाहका छोराको निधन भएको थियो ।
‘बासुदेव’पछि शाहले ‘पच्चीस वसन्त’, ‘राजमति’, ‘बसन्ती’,‘मसान’, ‘सेतो बाघ’ आदि फिल्मको निर्देशन गरे । शाहले थुप्रै कालजयी गीत पनि लेखेका छन् ।

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

प्रतिक्रिया