मधेशको परिवेशमा लेखिएको ‘क्षमादान’ आउँदो साता

काठमाडौं : गणेशप्रसाद लाठको नयाँ पुस्तक ‘क्षमादान’ आउँदो हप्ता सार्वजनिक हुने भएको छ । यस कृतिले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । यो पुस्तक पब्लिकेसन्स नेपालयले २०२१ मा प्रकाशित गरेको पहिलो कृति हो ।
‘सिमित नाम लिँदा, मधेशले धनुषचन्द्र गौतमदेखि बिमल निभासम्मका केही उत्कृष्ट लेखकहरू पाएको छ । उनीहरूका कृतिले मधेशको सौन्दर्यशास्त्र र काव्यात्मकतालाई बडो चमत्कारी ढंगले व्यक्त पनि गरेका छन् तर एउटा पाठकको रुपमा, जो पेशाले एउटा व्यवसायी भएको छ, नेपालीमा प्रकाशित हुने अधिकांश किताबमा म आफूलाई भेट्दिन ।’
लेखकले किताब लेख्न प्रेरित गरेको सन्दर्भ कोट्याउँदै भने । ‘साहित्यमा व्यावसायिक वर्ग कि त पूरै अनुपस्थित थियो कि निमित्त पात्रका रुपमा मात्र पन्छाइएका थिए । म मेरो कथाको माध्यमबाट तिनै परिवारहरूको मानवीय पक्षलाई खोतल्न चाहन्थेँ ।’
प्रजातन्त्र स्थापना कालपछिको नवोदित सहर वीरगन्जमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्यो । लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले सिर्जना गर्ने संसारले धेरै प्रभावित बनायो । उनले किताबमा त्यही नाटकीय शैली अँगालेका छन् । सामाजिक कथामा रोमान्सको रमरमी खोज्ने पाठकका निम्ति यो कथाशैलीले आकर्षित गर्ने कुरामा लेखक विश्वस्त देखिन्छन् ।
प्रकाशक नेपालयकी भूषिता वशिष्ठले सम्पादकीय टिप्पणी गर्दै जनसंख्याका हिसाबले देशको महत्वपूर्ण क्षेत्रमा रहेका व्यावसायिक परिवारको कथाबस्तुलाई लेखकले सटीक पाराले उजागर गरेको बताएकी छिन् । ‘मधेशको कथा र यहाँको विकासक्रम सम्पूर्ण नेपाली कथा संसारको महत्वपूर्ण अंग हो जुन अझै पनि साहित्यमा पर्याप्त ढंगले परिलक्षित भएको छैन । यस पुस्तकले त्यही अभावलाई सानै रुपमा भए पनि पूर्णतातिर डो¥याउँछ भन्ने आश राख्छौं ।’
लाठ, वीरगन्जलाई प्रतिनिधित्व गर्ने नेपालय पब्लिकेसन्सका दोस्रो लेखक हुन् । यस पब्लिकेसन्सबाट ’वीरगन्ज’ शीर्षकमै सन् २०१६ मा गिरीश गिरिको ननफिक्सन प्रकाशित भएको थियो । ‘क्षमादान’ को मूल्य रू ४ सय ९५ तय गरिएको छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया