ओली-दाहाल टेलिफोन वार्ता

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको छ । अध्यक्षद्वय ओली दाहालबीच सोमबार टेलिफोन वार्ता भएकाे दाहाल निकट स्थायी समिति सदस्यले देवेन्द्र पौडेलले जानकारी दिए । कुराकानीमा एकपटक निर्णयक वार्ता गर्न अध्यक्ष ओलीले दाहाल समक्ष प्रस्ताव गरेको उनले बताए ।
पौडेलकाअनुसार दाहालले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कमिटि बैठक आयोजना गर्नुपर्ने बताएका थिए । तर ओलीले भने कमिटि बैठकअघि एकपटक निर्णयक वार्ता गर्नुपर्नेमा जाेड दिएका थिए ।
‘ओलीले पहिले तपाईं र म सहमति गरौँ त्यसपछि कमिटी बैठक आयोजना गरौँला भन्ने जवाफ दिएको मैले जानकारी पाएको हो।’ पौडेलले इकागजसँग भने , तर अध्यक्ष कमरेडले कमिटी बैठक नै उपयुक्त हुने भन्दै संवाद टुंग्याउनु भयो।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अध्यक्षद्वयबीच टेलिफोन कुराकानी भएको पुष्टि गरे । तर टेलिफोन संवादमा के कुराकानी भयो भन्ने बारे भने आफूलाई जानकारी नभएको उनले बताए । ‘पार्टीमा विवाद देखिएपनि अध्यक्षद्वयबीच कुराकानी त भइरहन्छ। भइरहेको छ ।’ उनले भने । ‘तर के विषयमा कुराकानी भयो त्यो मलाई जानकारी छैन ।’
यता अध्यक्ष दाहालको सचिवालयले भने टेलिफोन कुराकानी भएको बारे अनविज्ञता प्रकट गरेकाे छ । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले टेलिफोन कुराकानी भएकाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘मैले पनि केही अनलाइनमा आएको समाचारबाट थाहा पाएँ । तर टेलिफोन कुराकानी भएको बारे जानकारी छैन ।’ उनले भने ।
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

प्रतिक्रिया