मन्त्रिपरिषद् बैठक : फागुन २३ मा प्रतिनिधि सभा बैठक बोलाउन सिफारिस
केही मन्त्री भन्छन् बैठक बोलाउने बारे छलफल नै भएको छैन
काठमाडौँ : सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले इकागजलाई जानकारी दिइन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै परेको रिटमा मंगलबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएको थियो । सर्वाेच्चले १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन सरकारलाई परमाधेश जारी गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्रै राष्ट्रपति भण्डारीसँग यस विषयमा छलफल गरेका थिए ।
अन्य तीन मन्त्रीले भने प्रतिनिधि सभा बैठक बोलाउने विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल नै नभएको इकागजलाई बताए । बैठकमा नगरपालिकालाई जग्गा उपलब्ध गराउनेदेखि कर्मचारी सरुवा, जिम्मेवारी तोक्ने र मन्त्रालयगत नियमित विषयमा छलफल गरिएको ती मन्त्रीले बताए । ‘संसद् बैठक बोलाउने विषयमा छलफल भएको छैन,’ मन्त्रीहरुले भने, ‘माइन्यूटमा लेखिएको भए थाहा छैन ।’

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

प्रतिक्रिया