संसारभरका सेनाले आफ्नै तवरले गुप्तचरी गर्छ : सैन्य प्रवक्ता
नेपाली सेनाले पनि छुट्टै गुप्तचरी गर्छ

काठमाडौँ : नेपाली सेनाले विश्वकै सेनाले मुलुकको रक्षाको लागि दिर्घकालिन योजना बनाउन गुप्तचरी गर्ने जनाएको छ । सेनाले उपयोग सैनिक गुप्तचरी (मेलिटरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो र अनौठो विषय नभएको प्रष्ट पार्दै जंगी अड्डाले भनेको छ, ‘प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा यस्ता कार्य गरिरहेको हुन्छ । यो अन्तर्राष्ट्रिय प्रचलन हो ।’
नेपाली सेनाले राष्ट्रिय सुरक्षा अवस्था नियाल्न त्यो कार्य संविधान त स्पष्ट रहेको समेत बताएको छ । सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोष बल्लभ पौड्यालले गुप्ताचरी सम्वन्धी जंगी अड्डाको धारणा बाहिर ल्याएका हुन । ‘प्रत्येक देशको सेनाले जानकारी भएका अर्थात ज्ञात सुरक्षा सम्बन्धी खतराहरूको अनुगमन गर्ने त्यसको मुल्याङ्कन गर्ने, प्रवृति विश्लेषण (ट्रेण्ड एनलाइसिस) गर्ने र भविश्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतराहरूलाई पनि आकलन गरिरहने एक नियमित प्रक्रियाको पाटो मात्रै हो । त्यसैले यसलाई यही ढंगले बुझ्दाखेरी उपयुक्त हुन्छ,’ उनले एक अन्तरवार्तामा भने ।
सेनाको भूमिका भनेको राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा आफ्नो भूमिका निर्वाह गर्ने हो जुने संविधानमा स्पष्ट छ, उनले भने । सही र सामयिक सूचना र प्रभावकारी सूचना संयन्त्रको व्यापकता र विशेषताले नै खतराहरूको आंकलन गर्न सैनिक सङ्गठनहरूलाई मद्दत पुग्ने पनि उनले प्रष्ट्याए । दुरगामी प्रकृतिका सुरक्षा चुनौतीहरूलाई मध्यनजर राखेर सूचना संकलन गर्ने कार्य सेनाले गर्दै आएको पनि बताउँदै भने, ‘यदी त्यसमा कमजोरी हुन पुग्यो भने मुलुकले नै क्षति व्यहोर्ने हुनाले सेना सधै सचेत छ ।’
राज्य संयन्त्रभित्र सूचना सङ्कलन गर्ने भिन्दै निकाय रहेकाले किन सेना यसमा अग्रसर बनेको जिज्ञासामा उनी भन्छन्, ‘सबै सङ्गठनको आफ्नो आफ्नो संवैधानिक दायित्व छ र उनीहरूको कार्यको प्रकृति फरक-फरक छ ।’ विभिन्न सुरक्षा निकायका अथवा विभिन्न सूचना सङ्कलन गर्ने संयन्त्रहरूबीच समन्वय रहन्छ तर सेनाको फरक शैलीको सुचना संयन्त्र छ । जसका कारण सही र सामयिक सूचना अन्तत्वगत्वा सरकारले नै प्राप्त गर्दै आएको छ ।
सैन्य दृष्टिकोण र सैनिक आवश्यकता पूर्ति गर्नका लागि सङ्कलन गर्ने सूचनाहरू राज्यको दैनिक अथवा नियमित कार्यप्रक्रियाहरूमा आवश्यक नपर्ने पनि बताए । दिर्घकालिन रुपमा उत्पन्न हुन सक्ने सुरक्षा सम्बन्धी खतराहरूलाई मात्र सेनाले सूचना लिने उनले बताए ।
‘सबैले बुझ्न पर्ने विषय हो अहिलेको विश्व परिवेशमा सूचना सङ्कलनको महत्वपूर्ण भूमिका हुन्छ । सूचना सङ्कलन सैनिक दृष्टिकोणले मात्रै सिमित रहेको छैन,’ उनले भने, ‘आजभोलि आर्थिक सूचना सङ्कलन पनि एउटा महत्वपूर्ण राष्ट्रिय सुरक्षाको पाटो बनेको छ । सूचना सङ्कलनको प्रक्रियामा ओपन सोर्स इन्टेलिजेन्स अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यसको मतलब हामी सबैजना व्यक्तिहरू सूचनाको स्रोत हुनसक्छौं । तर त्यसको अर्थ सबै जना सेनाको लागि अथवा अमुक संस्था विशेषको लागि इन्फर्मर हुन भन्ने बुझाई गलत हो ।’

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया