‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुँन्न’

काठमाडौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । अनेरास्ववियूले शुक्रबार राजधानीमा आयोजना गरेको भेलामा बोल्दै उनले ‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने’ बताएका हुन् ।
प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने धारणासमेत उनले राखे । उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चुनौतिसमेत दिए । ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्नेसमेत उनले उल्लेख गरे ।
पोखरेलले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते,चलाते’ ढङ्गले सञ्चालन नहुने जिकिरसमेत गरे । नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोरमैलाहरू सफा हुने पनि उनले बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया