केही बेरमा मन्त्रिपरिषद् बैठक, आगामी रणनीति तय गरिने
काठमाडौँ : संसद पुनस्थापनापछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक केहिबेरमा बस्दैछ । संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई सर्वाेच्च अदालतले बदर गरिदिएपछिको परिस्थितीलाई कसरी सामना गर्ने भन्ने विषयमा बैठक केन्द्रीत रहने एक मन्त्रीले बताए । ति मन्त्रीका अनुसार बैठकमा यसबाहेक नियमित मन्त्रालयगत कार्यतालिका पनि छ ।
प्रधानमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर फर्केपछि शुक्रबारलाई मन्त्रिपरिषद्को बैठक तय भएको हो । प्रधानमन्त्रीले आफू निकटका सांसदहरुसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा शुक्रबार नै छलफल गरेका थिए । उक्त छलफलमा अदालतको आदेश पालना गर्दै प्रतिनिधि सभा बैठक फागुन २३ गतेभित्रै बोलाउने र संसदमै आफू प्रस्तुत हुने निर्णय भएको छ ।
‘सडकमा रहेका नेकपा दाहाल-नेपाल समूहले केके गर्न सक्छन् भन्ने विषयमा हरेक मन्त्रीको धारणा लिएर प्रधानमन्त्री अगाडि बढ्न लाग्नु भएको छ’ एक मन्त्रीले भने ।प्रधानमन्त्रीले अनौपचारिक रुपमा केही मन्त्रीहरुसँग पटक-पटक छलफल गरिरहेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया