आन्दोलनरत नागरिकमाथि सेना समर्थकको आक्रमण
काठमाडौँ : फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि बर्मामा आन्दोलन जारी छ । लोकतन्त्र पुर्नस्थपनाको माग राखेर हजारौँ बर्मेली दिनहुँ सडकमा आइरहेका छन् । यागुंन लगायतका प्रमुख सहरहरूमा भइरहेका ‘कू’ विरोधी आन्दोलनमा सहभागी हुनेको संख्या बढ्दो छ ।
बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिन यागुंन सहरको मुख्य भागमा हजारौँ नागरिक जम्मा हुँदै थिए । त्यसैबीचमा त्यस स्थानमा सैन्य शासनको समर्थन गर्नेहरू पनि जम्मा भए । करिब एक हजारको संख्यामा रहेका सेना समर्थक र आन्दोलनमा सहभागी हुन आएका बर्मेली नागरिकबीच झडप भयो । झडप गर्ने मनसाय बोकेर आएका सेना समर्थकहरू घरेलु हतियारले सु-सज्जित भएको बीबीसीले आफ्नो रिपार्टमा उल्लेख गरेको छ । उनीहरूको हातमा चक्कु, पाइप, ढुङ्गा लगायतका सामाग्री रहेको बीबीसीले जनाएको छ ।
अर्को अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले आफ्नो स्थानिय संवाददातालाई उद्धृत गर्दै झडपका बारेमा लेखेको छ, ‘सेनाको समर्थन गर्ने एक समूहले सहरको मध्य भागमा एक निहत्था माथि आक्रमण गर्यो । आक्रमणमा पर्ने ती पुरुषको स्वास्थ्य अवस्थाका बारेमा सूचना दिइएको छैन,’ यागुंनमा बिहीबार दिनभरी भएको झडपमा परी तीन प्रदर्शनकारी र एक प्रहरी मारिएको बताइएको छ ।
सेनाले ‘कू’ गरेपछि निर्वाचित बमेर्ली सरकारकी प्रमुख आङ साङ सुकीलाई नजरबन्दमा राखिँदै आइएको छ । सेनाले उनी माथि लगाएको आरोप हो- गैर कानुनी रूपमा वाकी-टक्की राखेको भन्ने । सूकी माथि नोभेम्बरको निर्वाचनमा धाँधली गरेको आरोप पनि छ । आन्दोलनरत बर्मेली नागरिकले भने सेनाले सूकी माथि लगाएको आरोपको विरोध गर्दै उनलाई तुरुन्त रिहा गर्न माग गरिररहेका छन् ।
बर्मेली नागरिकले सडक संघर्षलाई निरन्तरता दिइरहँदा, त्यहाँको सैन्य सरकारमाथि विदेशी प्रतिबन्ध लाग्ने क्रम जारी छ । सामाजिक सञ्जाल फेसबुकले बर्मेली सैन्य नेतृत्वविरुद्ध कदम चालेको छ । अमेरिकी कम्पनी फेसबुकले बिहीबार मात्रै बर्मेली सैन्य नेतृत्वमा रहेका र उनीहरूलाई सहयोग गर्नेलाई आफ्नो प्लाटफर्म प्रयोग गर्नबाट बन्देज लगाएको छ । सत्ता हातमा लिएपछि बर्मेली सेनाले इन्टरनेट र फेसबुक प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ । त्यती मात्रै होइन, आन्दोलन मत्थर पार्न नागरिकलाई क्रमशः बल प्रयोग गर्ने भन्दै धम्काउँदै आएको छ । तर पनि आन्दोलन भने जारी नै छ ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया