चीनमा उइगुरमाथि नरसंहार भएको डच संसद्को ठहर

काठमाडौँ : दि नेदरल्यान्ड्सको संसद्ले जिनजियाङमा उइगुर मुस्लिममाथि नरसंहार भइरहेको ठहर गरेको छ । बिहीबार डच संसद्मा प्रस्तुत गरिएको त्यस सम्बन्धि प्रस्ताव पास भएसँगै नेदरल्यान्ड्स युरोपमा उइगुरमाथि नरंहार भएको ठहर गर्ने प्रस्ताब पास गर्ने पहिलो मुलुक बनेको छ ।
संयुक्त राष्ट्रसंघ र अन्य मानवअधिकार संगठनसँग आबद्ध मानवअधिकारकर्मीहरूले चीनको जिनजियाङमा करिब दश लाख स्थानीय उइगुरलाई बन्दी बनाइएको दाबी गर्दै आएका छन् । चिनियाँ सरकारले भने त्यस्तो दाबीलाई इन्कार गर्दै आएको छ । उइगुर समुदायका मानिसहरूलाई सिपमुलक तालिममा सहभागी गराईदै आएको चीनको भनाई थियो ।
‘चीनमा उइगुर समुदायमाथि नरसंहार भइरहेको छ,’ डच संसद्मा चिनियाँ सरकारलाई उल्लेख नगरी टेबल गरिएको प्रस्ताबमा भनिएको छ । अन्तराष्ट्रिय अदालत समेत रहेकाे डच सहर हेगस्थित चिनियाँ दुतावासले विज्ञप्ती जारी गर्दै डच संसद्मा प्रस्तुत प्रस्ताबको विरोध गरेको छ । उसले जिजजियाङमा कुनै प्रकारको नरसंहार नभएको दाबी गरेको छ । यसअघि क्यानाडाको संसद्ले पनि उइगुर सम्बन्धि यस्तै संकल्प पारित गरेको थियो । (रोयटर्सबाट)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया