शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सडक पीडितद्वारा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौँ  : सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बृहत् नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबुलगायतका विभिन्न संघसंस्थाहरूको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । 

सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरूलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गरिएको अभियान्ता राजेन्द्र महर्जनले बताए । बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितहरूको भनाइ छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसमेत नमानेर बिना मुआब्जा र बिना क्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरूको आरोप छ । 

घर भत्काउने सरकारको कामको विरोध गर्दा घरधनी तथा अभियन्ताहरूलाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरूको रिहाइको मागसहित कानूनी राज्यको माग गर्दै आन्दोलन गर्नुपरेको उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिकी सदस्य विद्या श्रेष्ठले बताइन् ।

मातृभाषा बोलेकै कारण बालाजु बाइपासस्थित स्थानीयलाई प्रहरीले धरकपडगरी नियन्त्रणमा लिएको नेवाः देः दबुः का अध्यक्ष नरेश ताम्राकारले जानकारी दिए। सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत लत्याएर घरहरू भत्काएको उनले बताए । 

वर्षौदेखि सरकारी निकायसँग सिफारिस लिई बनाएको घर तथा कानूनी रुपमा पनि आफूहरूको जित भएको भए पनि राजनीतिक कारण आफूहरूको घर भत्काइएको पीडित श्यामकृष्ण मानन्धरले बताए । 

प्रहरी नियन्त्रणमा भएका घरधनी तथा अभियन्ताहरू रिहाइ नभए र विस्थापित भएका परिवारहरूको बारेमा न्यायिक निरुपण नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने आयोजकको भनाइ छ । विकासको नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोधको ब्यानरमा भएको विरोध प्रदर्शनमा मापदण्ड ७–७ मिटर छुट्याई आफ्नो स्वबासी प्रमाणित जग्गामा घर बनाई बसोबास गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार होलगायतका प्लेकार्ड तथा व्यानरसमेत प्रदर्शन गरिएको थियो ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…