अनमोलसँगको ‘एन्टि हिरो’ पछि मात्र जसिताले नयाँ फिल्म गर्ने

काठमाडौं : ‘आइ एम ट्वान्टी वान’को सुटिङ सके पछि फुर्सदिली बनेकी जसिता गुरुङले अब कुन फिल्म गर्लिन् ? धेरैलाई चासो छ । कति निर्माता त जसितालाई आफ्नो फिल्ममा लिन पनि दौडधुप गरिरहेका छन् । तर, जसिताले अनमोल केसीसँग ‘एन्टि हिरो’ गरे पछि मात्र नयाँ फिल्म साइन गर्ने जनाएकी छिन् ।
निर्माता भुवन केसीले जसितासँग ‘एन्टि हिरो’ पछि मात्र नयाँ फिल्म गर्ने कुराकानी भएको इकागजसँग बताएका छन् । निर्माता भुवन केसीले ‘पारस’ बनाउने निर्णय गर्नु अघि अनमोल र जसितालाई लिएर ‘एन्टि हिरो’ बनाउने घोषणा गरेका थिए । यसका लागि निर्देशक र छायांकारसमेत भारतबाट आइसकेका थिए ।
तर, स्क्रिप्ट चित्त बुझ्दो नभएपछि तत्कालका लागि यो फिल्मको सुटिङ अगाडि बढ्न सकेको थिएन । निर्माता केसीले यही बीचमा माधव वाग्लेले बनाउन लागेको ‘पारस’को स्क्रिप्ट किनेर यो फिल्मको तयारी गरेका थिए जुन फिल्म वैशाख तेस्रो साताबाट फ्लोरमा लैजाने तयारी भइरहेको छ ।
यही बीचमा जसिताले ‘एन्टि हिरो’को विषयमा जिज्ञासा राखेपछि निर्माता केसीले ‘पारस’को सुटिङपछि ‘एन्टि हिरो’को काम थाल्ने जवाफ दिएका थिए । यदि ‘पारस’ लगत्तै ‘एन्टि हिरो’को सुटिङ हुने हो भने बीचमा आफूले कुनै फिल्म साइन नगर्ने जसिताको योजना छ ।
‘लिलीबिली’बाट नेपाली फिल्ममा डेब्यु गरेकी जसिताले यसपछि ‘लभ स्टेसन’मा काम गरेकी थिइन् । लन्डन बस्ने जसिताको ‘आइ एम ट्वान्टी वान’को डबिङ सकाएर लन्डन जाने र प्रचारप्रसारका लागि फर्कने कार्यतालिका रहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया