कोभिडको दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ : डब्लुएचओ

कोपेनहेगन : कोभिड-१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ सुन्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यूरोप शाखाले बिहीबार बताएको छ ।
कोभिड-१९ ले निम्त्याउने दीर्घकालीन परिणामलाई स्वास्थ्य अधिकारीले प्राथमिकतामा राख्नु विरामीका साथै रोगबारे हुने अनुसन्धानका लागि पनि महत्वपूर्ण बिषय भएको डब्लुएचओले बताएको हो ।
डब्लुएचओका यूरोप क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले पत्रकार सम्मेलनमा भने, 'यदि कोभिड-१९ सङ्क्रमणबाट निको भएका व्यक्तिबाट अनुभवहरूलाई सुन्यौँ भने यसले कोभिडका कारण हुने दीर्घकालीन असरलाई बुझ्न सहज हुनेछ र यो निकै महत्वपूर्ण कुरा हो । यो हरेक स्वास्थ्यकर्मीका लागि मननीय तथ्य हो ।' (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया