कांग्रेस नेता केसीको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको गएराती निधन भएको छ । गएराति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेका केसी पछिल्लो समय नेपाली कांग्रेससँग आवद्ध थिए । पहिलाे सम्बिधानसभामा राप्रपाबाट सांसद भएका उनी २०७४ मा काङ्ग्रेस प्रवेश गरेका थिए । उनलाई नेपाली कांग्रेसले गत जेठ ४ मा गठन गरेको लगानी, पूर्वाधार र रोजगार समितिको सदस्य बनाएको थियो ।
संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राती १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको खबरले दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शाेकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 3, 2020
प्रतिष्ठित व्यवसायीसमेत रहेका केसीको नेतृत्वमा हिमश्री फुड्स, केसी कन्स्ट्रक्सन, माछापुच्छ्रे बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन गल्फ कोर्स, गण्डकी, भगवती र सिक्लेस जलविद्युत् जस्ता व्यवसाय स्थापित भएका हुन् । उनले शिक्षा क्षेत्रमा पनि लगानी गरेका थिए । नेपाल इन्जिनियरिङ कलेजका अतिरिक्त उनले कालिका बहुमुखी क्याम्पस स्थापना गरेका थिए ।
उनको साढे ९ बजे रामघाटमा अन्त्येष्टि गर्ने परिवारले जानकारी दिए ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया