राष्ट्रपति र प्रधानमन्त्रीबीच संसद् बैठक बोलाउने विषयमा छलफल

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ । बिहीबार साँझ भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल गरेका हुन् ।
स्राेतका अनुसार ओलीले अदालतले दिएको समयसीमाको अन्त्यतिर बैठक बाेलाउने बारे स्थायी कमिटीमा भएको छलफलबारे जानकारी गराएका छन् । सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् । भण्डारी र ओलीबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर्णय गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया