आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

'राष्ट्पति र प्रधानमन्‍त्रीले मच्‍चाएको वितण्डा तह लगाउन सर्वोच्‍च अदालतले सही फैसला गर्‍यो'

जनकपुरधाम : पूर्वराष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालत प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेर मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन् ।गान्धीवादी नेता स्वर्गीय महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै यादवले अदालतले गरेको संसद पुनःस्थापनाले संविधानको रक्षासँगै मुलुक पनि दुर्घटनाबाट जोगिएको बताएका हुन् । 

‘संविधानमाथि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर देशमा मच्‍चाएको राजनीतिक वितण्डालाई तह लगाउन सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाले जनता ठूलो उपलब्धी हासिल गरेको छ’ उनले भने ।  

यादवले राजनीतिक दलहरू विधि विधान अनुरुप चल्न नसकेकाले लोकतन्त्रमाथी पटक-पटक प्रहार हुँदै आइरहेकोसमेत बताए । राजनीतिक पार्टीहरु आफ्नो विधान अनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथी आघात पुगिरहेको उनको भनाइ छ ।